default_image

11 months ago

January 5, 2025

इन्डो नेपाल भलिबल – पुलिस र मणिमुकुन्द सेमिफाइनलमा

1156 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

नेपाल पुलिस क्लब एक खेल अगाडि नै बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

समुह ए मा आइतवार मणिमुकन्द भलिबल क्लबले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३–२ सेटमा पराजित गरेको थियो। त्यो नतिजाले मणिकुमुन्द र पुलिस सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मणिमुकुन्दले एकेडेमीलाई २५-२०, १८-२५, २५-१२, २१-२५ र १५-१२ ले पराजित गरेको हो ।
मणिकुमुन्दले पहिलो सेटमा ५ सर्भिस विगारेको भएपनि स्पाइकरहरुको बलमा जित हात पारेको थियो भने दोस्रो सेटमा पराजय भोगेको थियो ।

मणिमुकुन्दले कप्तान लोकेन्द्र भण्डारी, चिरन खड्का, जिवन विके र लोचन आलेको उत्कृष्ट प्रशर्दनमा तेस्रो सेटमा एकेडेमीको टिमलाई हरेक साइडमा असफल पार्दै २५–१२ को सहज जित निकालेको थियो ।

नेपालको उमेर समुहबाट खेल खेलेका खेलाडीहरु समावेश आयोजक मदन भण्डारी एकेडेमीका कप्तान धीरजकाजी बस्नेत, जिवन शाही, उमेश सेन्चुरी, विश्वास आलेको प्रदर्शनले चौथो सेटमा टिमलाई कमव्याक गर्दै २५–२० मा जित हात पारेको थियो । पाचौ सेटमा एकेडेमीले ५–१ को अग्रतालाई बचाउन नसक्दा निर्णायक सेट गुमाउनु प¥यो ।

पुलिस २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । २ जित र १ हारसहित ६ अंक सहित मणिमुकुन्द सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथोले १ लाख रुपैयाँ पाउनेछ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.