4 months ago
August 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा नयाँ मोड थपिएको छ। जीवन राम श्रेष्ठको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसी अस्तित्वमा रहँदा सरकारको स्वीकृतिमा पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एनओसीको नयाँ तदर्थ समिति गठन भएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिनअघि मन्त्रालयमा पत्राचार सम्मेलन गर्दै २२ राष्ट्रिय संघको सहमतिमा एनओसीको तदर्थ समिति गठन हुने बताएका थिए।
मन्त्री चौधरी अध्यक्ष रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) श्रेष्ठको नेतृत्वमा रहेको एनओसीलाई अवैधानिक ठहर गरेको थियो। एनओसीको नयाँ तदर्थ समिति गठन भएसँगै नेपालको एनओसी विवाद थप पेचिलो बनेको छ।
प्रधानको नेतृत्वको तदर्थ समिति ९ सदस्यीय रहेको नयाँ समितिको प्रवक्ता समिम मिया अन्सारीले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
अन्सारीले भदौ १ गते सातदोबाटोस्थित एनओसी कार्यालयमा पत्रकार सम्मेलन गर्दै बाँकी सदस्य र अन्य समिति सार्वजनिक गरिने जानकारी दिए।
‘हामीले अहिले सबैको नाम सार्वजनिक गरेका छैनौं । पत्राचार सम्मेलनमार्फत सबै जानकारी दिनेछौ’, उनले भने, ‘अहिले संयोजक र मेरो नाम मात्र सार्वजनिक गरेका छौं।’
‘ २०८२ साउन २६ गतेको दिन नेपाल ओलम्पिक कमिटिमा आबद्ध जम्मा २३ वटा खेल संघहरूका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले नेपाल ओलम्पिक कमिटिका निवर्त्तमान तथा मानार्थ अध्यक्ष माननीय श्री ध्रुब बहादुर प्रधानको अध्यक्षतामा ९ (नौ) सदस्यीय तदर्थ समिति गठन गरेको कुरा जानकारी गराईन्छ, विज्ञप्ति भनिएको छ ।

अदालतको आदेशको अवज्ञा गर्दै गत वर्ष श्रेष्ठको नेतृत्वमा एनओसीको विशेष साधारण सभा र निर्वाचन गरेपछि एनओसीको पछिल्लो विवाद सुरु भएको थियो।
उच्च अदालत पाटनको आदेश अटेर गर्दै मंसिर १८ गते विशेष साधारण सभाबाट विधान संशोधन गर्दै श्रेष्ठलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न बाटो तयार गरेको थियो। त्यसअघि एनओसीको अध्यक्ष दुई कार्यकाल मात्र अध्यक्ष बन्न पाउने वैधानिक व्यवस्था थियो।
संसोधित विधानका आधारमा श्रेष्ठ तेस्रो पटक निर्वाचित भएको थियो। सर्वोच्च अदालतले निर्वाचन रोक्न दिएको आदेश विपरित अनलाइनमार्फत गरिएको निर्वाचनमा श्रेष्ठ निर्वाचित भएको एनओसीले विज्ञप्ति मार्फत जानकारी दिएको थियो।
त्यसपछि राखेपले एनओसीको विशेष साधारण सभा र निर्वाचनलाई अवैध ठहर गरेको थियो। एनओसीमा पटक पटक महासचिव र अध्यक्ष बनिसकेका प्रधानलाई सरकारी मान्यतामा तदर्थ समिति गठन भएको छ।
श्रेष्ठ दुई कार्यकाल महासचिव हुँदा प्रधान अध्यक्ष थिए। दोस्रो कार्यकालपछि प्रधान एनओसीबाट विदा भएका थिए। निवर्तमान उनलाई एनओसीले मानार्थ अध्यक्ष बनाएको थियो। नेपाल जिम्याष्टिक संघका अध्यक्ष समेत रहेका नेपाल प्रहरीका पूर्व आइजिपी प्रधान राप्रपाका निर्वाचत संघीय सांसद हुन्।

December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]