4 months ago
August 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- २३ वटा राष्ट्रिय संघको समर्थनमा गठन भएको दाबी गरिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरुलाई कसैको पनि मान्यता जरुरी नभएको बताएको छ।
सातदोबाटोस्थित एनओसी भवनमा बिहिवार पत्रकार सम्मेलन गर्दै तदर्थ समितिका संयोजक धुव्र बहादुर प्रधानले यस्तो बताएका हुन्।
प्रहरी तैनाथ गरेर आयोजना गरिएको पत्रकार सम्मेलनमा तदर्थ समितिसहोत २३ संघका पदाधिकारीले हल खचाखच भरिएको थियो।
तदर्थ समितिको विषयमा सोधिएको धेरै प्रश्नको संयोजक प्रधानले स्पष्ट जवाफ दिन सकेनन्। उनलाई यो तदर्थ समितिको वैधानिकताको विषयमा सोधिएको प्रश्नमा सरकारको साथ रहेको बताए।
तर दुई पटक एनओसीको अध्यक्षको जिम्मेवारी निभाइसकेका प्रधानलाई अन्तराष्ट्रिय मान्यताको विषयमा सोधिएको प्रश्नमा निकै लज्जास्पद जवाफ दिएर टारे। उनले हामीलाई कसैको मान्यता नचाहिने जवाफ दिए।
अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताको विषयमा पनि उनको जवाफमा स्पष्टता थिएन । युथ ओलम्पिक र एशियन गेम्सको सहभागितामा तदर्थ समिति नाजवाफ नै बन्यो।
उनले आफुलाई अध्यक्ष हुन नपरेको तर विवादको निकासाको लागि यो कदम चालिएको बताए।
पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेको निर्वाचन अवैध भएको र उनको स्वार्थको आलोचना गरिएको थियो।
पत्रकार सम्मेलनमा ९ सदस्यीय तदर्थ समितिको नाम सार्वजनिक गरिएको छ।
१. संयोजक – धुव्र बहादुर प्रधान, नेपाल जिम्नाष्टिक संघ
२. सदस्य – राजिव विक्रम शाह, नेपाल एथलेटिक्स संघ
३. सदस्य/प्रवक्ता – श्री समिम मियाँ अन्सारी, नेपाल कुस्ती संघ
४. सदस्य – सुनिल श्रेष्ठ, नेपाल फेन्सिङ्ग संघ
५. सदस्य – निलेन्द्र राज श्रेष्ठ, नेपाल ट्रायथलन संघ
६. सदस्य – पुष्पदास श्रेष्ठ, नेपाल सुटिङ्ग संघ
७. सदस्य – अनिल शर्मा, नेपाल हक्की संघ
८. सदस्य – बृजेन्द्र हमाल, अखिल नेपाल टेबलटेनिस संघ
९. सदस्य – रवि राजकर्णिकार, नेपाल घोडचढी संघ
साथै विभिन्न ४ उपसमिति गठन गरिएको पनि जानकारी दिइएको छ। कुनै पनि मान्यता नचाहिने भनरपनि अब गर्ने कार्यमा ओसिए र आईओसीसँग समन्वयन गरिने भनिएको छ।
नेपाल सरकारकै निर्देशनमा केहि दिन अगाडि ओलम्पिक भवनको ताल खोलेर तदर्थ समितिलाई जिम्मा दिइएको थियो।






December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]