3 months ago
August 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा हुने विशेष समारोहमा उनीहरुलाई सम्मान गरिने राखेपले जनाएको छ।
सिनियर/ जुनियरमा समान १ महिला/पुरुष गरी ४ खेलाडी र १ पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ ।
सिनियरलाई समान १ लाख तथा जुनियर र पारा विधामा समान ५० हजार रुपैयाँसहित सम्मान गरिने छ । खेलकुद पत्रकार पुरस्कार विधामा समान १ महिला/ पुरुषलाई समान २० हजार रुपैयाँ सहित सम्मानित हुने छन् ।
त्यस्तै प्रशासन र प्राविधिक (२ करारसहित) तर्फ समान ४ गरी ८ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ । सर्वोत्कृष्ट २ लाई समान २५ हजार, उत्कृष्ट २ लाई समान १५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान २ लाई समान १० हजार रुपैयाँसहित सम्मान गरिने छ ।
उत्कृष्ट खेल संघलाई १ लाखसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानिय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रबाट सम्मान गरिने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]