default_image

3 months ago

September 2, 2025

अलग खेलका ५ खेलाडी काठमान्डु गोर्खाजको ‘गुडविल एम्बासडर’

526 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ ।

क्रिकेटमा युवालाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ ।

करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत (सिइओ ) सुरजसिंह ठकुरीले ‘गुडविल एम्बासडर’ हरूलाई स्वागत गरेका थिए ।

सिइओ ठकुरीले खेलकुदमा युवालाई प्रेरित गर्न क्रिकेटबाहेक अन्य खेलहरू पनि आवश्यक रहेको हुनाले ‘गुडविल एम्बासडर’ मा फरक खेलका खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरिएको जनाए । उनले काठमान्डु गोर्खाज उपत्यकाको टोली भएकाले त्यसै अनुसार खेलाडी चयन गरिएको जानकारी गराए ।

एनपिएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म ( मंसिर १ देखि २७ गते) आयोजना हुँदैछ । करण केसीको कप्तानीमा रहेको गोर्खाजमा भीम सार्की, शाहब आलम, आदिल आलम अन्सारी, रशिद खान, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापामगर छन् ।

मन्डेकाजीले सन् २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितेका थिए । उनी अहिले नेपाली राष्ट्रिय कराते टोलीको काता प्रशिक्षक हुन् ।

विकेश सन् २०१२ यता नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन् । हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलिरहेका विकेशले सरस्वती, जावलाखेल युथ र मध्यपुर युथ एसोसिएसनबाट खेलिसकेका छन् । विकेशले नेपाल सुपर लिगको पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट उपाधि जितेका थिए ।

सन्तोषीले पनि १३ औं सागको १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सागमा एथलेटिक्सबाट स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन् । सन्तोषीले २०२४ मा भएको पेरिस ओलम्पिकमा खेलेकी थिइन् ।

भलिबलकी पुनम २०१९ यता राष्ट्रिय भलिबल टोलीकी सदस्य हुन् । नेपाल पुलिस क्लबकी पुनम अहिले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) का लागि पोखरा निन्जाजसँग आबद्ध छिन् । भलिबल लिग भदौ २० मा पोखरामै सुरु हुनेछ । इडब्लुभीको तयारीले गर्दा पुनम कार्यक्रममा सहभागी हुन नपाएको बताइएको छ।

सीताले अघिल्लो महिना दक्षिण कोरियामा भएको एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनले छैटौं, सातौं र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । सीताले आउट ल र दानभी फिल्ममा समेत अभिनय गरेकी छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.