3 months ago
September 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उसु खेलाडी विजय सिञ्जाली सरकारबाट सर्वाधिक पुरस्कार प्राप्त गर्ने खेलाडी मध्येका एक हुन्। उनले केहि महिना अघि मात्र सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
गत अक्टोबरमा जापानको योकोहामा भएको तेस्रो थाउलो विश्वकपमा कास्यय पदक जितेर उनले नयाँ इतिहास रचेका थिए। त्यहि पदकले उनलाई ६५ लाख रुपैयाँको हकदार बनायो ।
९ जना खेलाडीबीच प्रतिस्पर्धा हुँदा अमेरिका, मेक्सिको, बेलायतलगायत ६ वटा देशका खेलाडीलाई पछि पार्दै उनले कास्य पदक प्राप्त गरेका हुन्। यो कुनै पनि नेपाली उसु खेलाडीले प्राप्त गरेको अहिले सम्मकै ठूलो सफलता हो।
त्यसो त विजयले सानै उमेरदेखि नै उसुमा छाप छोड्दै आएका हुन्। कदले केहि होचो भएपनि उसुको हरेक प्रदर्शनीका दौरान स्टेजमा सबैको ध्यान तान्न सफल हुन्थे। लचिलो जिउ र उस्तै खालको ‘डेमो’ दिन भएकोले विजय सबैको प्यारो बने।
उनी जुनियरमा च्याम्पियन थिए। उनको प्रतिभा निखारिँदै गयो र लगातार पदकहरु जित्न थाले। परिणाम डेढ दशकको मेहनत स्वरुप अहिले विजय राष्ट्रिय हिरोको रुपमा परिचित भएका छन्।
सन् २०१६ को १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जिते । तर साग स्वर्णको हुटहुटीले उनलाई आराम गर्न दिएन। फलत नेपालमै सम्पन्न १३ औं सागमा थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जित्ने सपना पूरा गरे। यो स्वर्णले उनको चर्चा चुलियो।
एकपछि अर्को लगातारको सफलताका कारण चर्चित विजय नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको यसपटकको पिपल्स च्वाइस विधामा मनोनयनमा परेका छन् ।
उनीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, भलिबलका हिमाल सुनारी र टेबुल टेनिसकी इभाना थापा मनोनयनमा छन् ।
‘मैले यहि अवार्डमा ८–१० वर्षसम्म ‘स्टेज शो’ गरेको छु। त्यतिबेला म पनि कुनै दिन मनोनयनमा पर्छु होला भन्ने सपना देख्थे। अहिले मनोनित हुँदा सपना पूरा भएजस्तै भएको छ,’ एसएमएस भोटिङ, खेल प्रशिक्षक र खेलकुद पत्रकारहरुको मतका आधारमा विजेता चुनिने यो विधाको मनोनयनमा परेपछि विजयले भनेका थिए।
उनले साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए। त्यस्तै चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्नसमेत सफल भए । त्यसैका आधारमा उनले थाउलु विश्वकपमा स्थान बनाएका थिए। यसैगरी उनी एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडीसमेत हुन्।
विजयले नेपालभित्रै हुने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गर्छन्। पोखरामा भदौ २९ गते हुने अवार्डमा विजेताको घोषणा गरिनेछ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]