default_image

3 months ago

September 3, 2025

उसुमा विजयको छलाङ

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- उसु खेलाडी विजय सिञ्जाली सरकारबाट सर्वाधिक पुरस्कार प्राप्त गर्ने खेलाडी मध्येका एक हुन्। उनले केहि महिना अघि मात्र सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

गत अक्टोबरमा जापानको योकोहामा भएको तेस्रो थाउलो विश्वकपमा कास्यय पदक जितेर उनले नयाँ इतिहास रचेका थिए। त्यहि पदकले उनलाई ६५ लाख रुपैयाँको हकदार बनायो ।

९ जना खेलाडीबीच प्रतिस्पर्धा हुँदा अमेरिका, मेक्सिको, बेलायतलगायत ६ वटा देशका खेलाडीलाई पछि पार्दै उनले कास्य पदक प्राप्त गरेका हुन्। यो कुनै पनि नेपाली उसु खेलाडीले प्राप्त गरेको अहिले सम्मकै ठूलो सफलता हो।

त्यसो त विजयले सानै उमेरदेखि नै उसुमा छाप छोड्दै आएका हुन्। कदले केहि होचो भएपनि उसुको हरेक प्रदर्शनीका दौरान स्टेजमा सबैको ध्यान तान्न सफल हुन्थे। लचिलो जिउ र उस्तै खालको ‘डेमो’ दिन भएकोले विजय सबैको प्यारो बने।

उनी जुनियरमा च्याम्पियन थिए। उनको प्रतिभा निखारिँदै गयो र लगातार पदकहरु जित्न थाले। परिणाम डेढ दशकको मेहनत स्वरुप अहिले विजय राष्ट्रिय हिरोको रुपमा परिचित भएका छन्।

सन् २०१६ को १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जिते । तर साग स्वर्णको हुटहुटीले उनलाई आराम गर्न दिएन। फलत नेपालमै सम्पन्न १३ औं सागमा थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जित्ने सपना पूरा गरे। यो स्वर्णले उनको चर्चा चुलियो।

एकपछि अर्को लगातारको सफलताका कारण चर्चित विजय नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको यसपटकको पिपल्स च्वाइस विधामा मनोनयनमा परेका छन् ।

उनीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, भलिबलका हिमाल सुनारी र टेबुल टेनिसकी इभाना थापा मनोनयनमा छन् ।

‘मैले यहि अवार्डमा ८–१० वर्षसम्म ‘स्टेज शो’ गरेको छु। त्यतिबेला म पनि कुनै दिन मनोनयनमा पर्छु होला भन्ने सपना देख्थे। अहिले मनोनित हुँदा सपना पूरा भएजस्तै भएको छ,’ एसएमएस भोटिङ, खेल प्रशिक्षक र खेलकुद पत्रकारहरुको मतका आधारमा विजेता चुनिने यो विधाको मनोनयनमा परेपछि विजयले भनेका थिए।

उनले साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए। त्यस्तै चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्नसमेत सफल भए । त्यसैका आधारमा उनले थाउलु विश्वकपमा स्थान बनाएका थिए। यसैगरी उनी एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडीसमेत हुन्।

विजयले नेपालभित्रै हुने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गर्छन्। पोखरामा भदौ २९ गते हुने अवार्डमा विजेताको घोषणा गरिनेछ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.