default_image

3 months ago

September 6, 2025

मिस्टर कञ्चनजंघा राष्ट्रिय खुला शरीरिक सुगठनको तयारी पूरा

234 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

तेस्रो मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुँदैछ

प्रतियोगिताका संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालका अनुसार पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता पहिलोपटक हुन लागेको हो ।

पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने शारीरिक सुगठन संघका कोशी अध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले बताए ।

बिर्तामोडको बडी ग्यारेजको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि प्रदेशस्तरीय हुँदा विजेताको पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ थियो ।

त्यस्तै, दोस्रो हुनेले नगद ३ लाख रुपैयाँ, तेस्रो हुनेले २ लाख, चौथो हुनेले १ लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले ७५ हजार रुपैयाँ र छैटौँ हुनेले ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक दिपेन चौधरीले बताए ।

हरेक तौल समूहका दोस्रो हुने खेलाडीले ५ हजार र तेस्रो हुने खेलाडीले नगद ३ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा देशभरबाट २ सयजना खेलाडीले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए ।

अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो । बडी ग्यारेजले संयोजन गरेको सो प्रतियोगितालाई बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.