default_image

3 months ago

September 7, 2025

पल्सर स्पोर्टस अवार्डमा नासा सेक्युरिटिजको साथ

239 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करणमा नासा सेक्युरिटिज पनि जोडिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजनामा भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनर को रुपमा जोडिएको हो ।

सहकार्यसम्बन्धी सम्झौता पत्रमा आज मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन् ।

नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘खेलाडीहरुलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं । पहिलो पटक काठमाडौंबाहिर हुन गईरहेको यस अवार्डलाई भव्य सफलताको शुभकामना छ,’ पौडेलले बताए ।

अवार्ड २०८१ को तयारी तीव्र गतिमा भइरहेको मञ्चले जनाएको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा गु्रपको निरन्तरता कायमै छ भने प्रवर्धकमा पोखरा महानगरपालिका रहेको छ ।

यसपटक अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एण्ड स्पा रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड रहेको छ ।  

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ ।

पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी ५ विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.