default_image

3 months ago

September 21, 2025

मन्च पाल्पाका संस्थापक शर्माको निधन

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको समन्वय शाखा, पाल्पाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएको छ ।

पाल्पाबाट खेल पत्रकारिता सुरू गरेर पछिल्लो समय भैरहवामा सक्रिय शर्माको शनिवार भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

५३ वर्षे शर्मा केही वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए। तीन दशक खेलकुद पत्रकारितामा सक्रिय शर्माले एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) लगायतको अन्तर्राष्ट्रिय खेल तथा देशको अधिकांश राष्ट्रिय समाचारहरू संकलन गरेका थिए छ। शर्माको श्रीमती, एक छोरा र एक छोरी छन् ।

खेलकुद पत्रकार मञ्चले शर्माको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना दिएको छ।
उनको आइतवार बिहान पाल्पाको रामदीमा अन्तिम संस्कार गरिएको छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.