default_image

7 years ago

July 1, 2017

प्रेम र ज्ञानु रुस्लान राजधानी आर्चरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुस्लान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा च्याम्पियन बनेका छन् । रुस्लानको प्रायोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतियोगितामा १२ दक्षिण एसियाली खेलकुद (साग) को व्यक्तिगत स्पर्धामा कांस्य पदक जित्ने एक्लो नेपाली आर्चरी खेलाडी प्रेमप्रसाद पुनले फाइनलमा आर्मीका रोशन नगरकोटीलाई ६–२ ले […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुस्लान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा च्याम्पियन बनेका छन् ।

रुस्लानको प्रायोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतियोगितामा १२ दक्षिण एसियाली खेलकुद (साग) को व्यक्तिगत स्पर्धामा कांस्य पदक जित्ने एक्लो नेपाली आर्चरी खेलाडी प्रेमप्रसाद पुनले फाइनलमा आर्मीका रोशन नगरकोटीलाई ६–२ ले पराजित गरे । स्वयम्भूका रमेश भट्टचनले कास्कीका अशिम शेरचनलाई ७–३ ले हराउदै तेश्रो भए ।

राजधानी न्युज पब्लिकेसनद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा ज्ञानुले कास्की आर्चरी क्लबकी रश्मी दर्लामीलाई ६–२ ले हराइन् । आर्मीकी आइशा तामाङ तेश्रो भइन् । आइशाले कास्कीकी राज्यलक्ष्मी जोशीलाई ६–० ले निराश पारिन् । प्रेम र ज्ञानु दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे । दुवैतर्फ दोश्रोले २५ हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।

पुरुष ट्रेडिसनल खुलामा अन्नपूर्ण आर्चरी क्लबका राज पुर्जाले स्वर्ण जिते । उनले फाइनलमा नेपाल छन्त्याल समाजका धनेन्द्र छन्त्यालको चुनौती ६–० ले समाप्त पारे । म्याग्दी मगर समाजका जितेन्द्र रोका मगरले हिमालयन भोटे युथ क्लबका नादार भोटेलाई ६–२ ले पाखा लगाउदै तेश्रो भए । यो स्पर्धामा पनि शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदबाट पुरस्कृत गरियो ।

स्ट्यान्डर्डतर्फ द बेस्ट आर्चरीका ग्रिष्मा गुरुङले बाजी मारे । उनले फाइनलमा आर्मीका पवन राईलाई ६–५ ले पन्छाए । तेश्रो भएका आर्मीका डम्बर थापाले टीआईएका विल्भर आचार्यलाई ६–४ ले हराए । विजेताले १० हजार, उपविजेताले ८ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार थापे ।

बेस्ट आर्चरीका प्रजित अग्रवालले पुरुष कम्पाउन्ड स्पर्धाको उपाधि जिते । उनले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चलका होमबहादुर थापालाई १३९–१३३ ले पराजित गरे । राजधानीका सनातन मल्ल तेश्रो भए । उनले राजधानीकै विवेकसेन गुरुङलाई १३६–१३२ ले हराए । प्रजितले १५ हजार, होमले १० हजार र सनातनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका सदस्य समिम मिया अन्सारी, राजधानीका प्रमुख कार्यकारी अधिकृत आशिष शेरचन, राजधानीका कार्यकारी सम्पादक डिल्ली आचार्य, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा पुरुषतर्फ ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ट्रेडिसनलमा ३६, पुरुष रिकर्भमा १६, पुरुष कम्पाउन्डमा ७, महिला रिकर्भमा ६ र स्ट्यान्डर्डमा १५ खेलाडी सहभागी थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान रहेको थियो । भने अफिसियल बैंकका रुपमा प्रभु बैंक, अफिसियल रेमिन्टमा आइएमइ रहेको थियो । नेपाल आइस सहयोगी संस्थाको रुपमा रहेको थियो । त्यसैगरि अफिसियल टिभीका रुपमा डिसहोम स्पोर्टस टिभि रहेको थियो ।

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

Success

Thank you for your time.