8 years ago
July 15, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाको आयोजनामा अर्को महिना हुने पोखरा स्पोटर्स अवार्डको लागि सहारा क्लव युकेले आर्थिक सहयोग गरेको छ ।

रकम हस्तान्तर गर्दै सहारा युकेका सल्लाका भुपाल कुवंर (दायाँ), मञ्च समन्वय शाखा कास्कीका अध्यक्ष केशव पाठक (बीच) र सचिव रन्जन अधिकारी ।
सहारा क्लबले आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहारा युकेका सल्लाहकार भुपाल कुवंरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रन्जन अधिकारीलाइ ५० हजार रुपैयाँ हस्तान्तरण गरे । पोखरा स्पोटर्स अवार्ड साउन २१ गते हुने भएको मञ्चले जनाएको छ ।
अवार्ड आयोजनाका लागि मञ्च, कास्की अध्यक्ष केशव पाठक संयोजक र उपाध्यक्ष दिननाथ बराल उपसंयोजक रहेको १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिसकेको मञ्च कास्कीले जनाएको छ । समितिमा मञ्चका सदस्य ५५ खेलपत्रकाहरु, नेपाल पत्रकार महासंघ, कास्की कार्यसमिति पदाधिकारी, सदस्यहरु, जिल्ला स्थित अस्तित्वमा रहेका सबै खेलसंग सम्बन्धित संघसंस्थाहरु, सहारा क्लब लगायत आयोजक समिति सदस्य छन् ।
गत वर्ष जेठ १ गते सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]