8 years ago
July 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ३ सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहने युथ एण्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुने भएको छ । नेपालको भारत्तोलन इतिहासमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताको अनुमानित बजेट १ करोड ७५ लाख ९६ हजार रुपैयाँ रहेको बताइएको छ। आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर नेपाल भारोत्तोलन संघले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दियो।
१ सय ९७ पुरुष र १ सय १० महिला गरी कुल ३ सय ७ जना खेलाडीको सहभागिता रहने प्रतियोगितामा आयोजक नेपालबाट भने ९ पुरुष र ४ महिला गरी १३ खेलाडीको सहभागिता रहने छ । च्याम्पियनसिपमा महिला र पुरुषतर्फ समान १ सय ४४ गरी २ सय ८८ पदकको लागि प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषको युथ र जुनियर दुबै स्पर्धामा समान २४–२४ स्वर्ण, रजत र कास्य पदक गरि कुल ७२ पदक लागि प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा प्रयोग हुने सम्पूर्ण सामग्री यसअघिनै अन्तर्राष्ट्रिय भारत्तोलन महासंघले उपलब्ध गराउने जानकारी दिइएको थियो। ८६ लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइने भनिएपनि हालसम्म २ करोड बराबरको सामग्री उपलब्ध भइसकेको पनि कार्यक्रममा जानकारी दिइयो। यस्तै प्रतियोगिता अवधिभर प्रशिक्षणका लागि सातदोबाटोस्थित प्रशिक्षण हल र प्रतियोगिताको खेलहरु लगनखेल स्थित आर्मीको प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ।
साउथ एशिया, इष्ट एशिया, मिडल इष्ट एशिया, सेन्ट्रल एशियाबाट कुल ३४ राष्ट्रले सहभागिता जनाउने च्याम्पियनसिप ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल प्रशिक्षण एण्ड स्पोर्ट्स कम्प्लेक्समा हुनेछ। च्याम्पियनसिपमा महिला र पुरुष दुवै स्पर्धामा १३ देखि १७ बर्ष उमेरसमुहका युथ र १५ देखि २० बर्ष समुहका जुनियर खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको महिला युथतर्फ ४४,४८,५३,५८,६३,६९,७५ केजी र ७५ केजीमाथि तौल समुहमा प्रतिस्पर्धा हुँदा महिला जुनियरतर्फ ४८,५३,५८,६३,६९,७५,९० केजी र ९० केजी तौलमाथि प्रतिस्पर्धा हुनेछ।
यस्तै पुरुषको युथमा ५०,५६,६२,६९,७७,८५,९४ केजी र ९४ केजी माथी तौल समुहमा प्रतिस्पर्धा रहदा पुरुष जुनियरमा ५६,६२,६९,७७,८५,९४,१०५ केजी तौल र १०५ केजी माथि तौल समुहमा प्रतिस्पर्धा हुनेछन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका महासचिवले मोहमद जलूदले नेपालले भारोत्तोलनको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्षमता सिद्ध पार्ने यस अवसरलाई सदुपयोग गर्न आग्रह गरे। उनले यस प्रतियोगितामा ऐतिहासिक सहभागिता रहेको र यसले नेपालको समग्र खेलकुद विकासमा पनि टेवा पुग्ने बताए।
अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका अध्यक्ष डाक्टर टमस अजानले नेपालमा यस प्रतियोगितालाई लिएर देखिएको उत्साहजनक वातावरणले आफु एकदम प्रभावित भएको बताए। उनले नेपाललाई आगामी दिनमा पनि भारोत्तोलन खेलको विकासका लागि सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनले नेपालले यस प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गरेको खण्डमा आगामी सन् २०१९ मा एसियन च्याम्पियनसिप गर्ने मौका मिल्ने बताए। उनले प्रतियोगिताको सम्पूर्ण तयारी भएको र यस ऐतिहासिक कार्यक्रमले नेपालको भारोत्तोलन खेलको विकासमा ठुलो भूमिका खेल्ने विश्वास लिएको अभिव्यक्ति दिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]