default_image

7 years ago

July 26, 2017

पदकको सम्भावना भएको खेललाई प्राथमिकता दिनुपर्दछ –मन्त्री केसी

काठमाडौंं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् । शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा बुधबार नै पद बहाली गर्दै मन्त्री केसीले भने, ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि […]

45 views

0 Bookmark

काठमाडौंं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त खेलकुद मन्त्री राजन केसी । साथमा मन्त्रालयका सचिव महेशप्रसाद दहाल ।

शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा बुधबार नै पद बहाली गर्दै मन्त्री केसीले भने, ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ । पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु । त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्ने छु ।’

उनले नेपालको भुगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनु पर्नेमा जोड दिदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रित गर्ने गरी काम गर्ने वचन दिए । उनले मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमुलक काममा सहि ढंगले परिचालन गर्न आवश्यक रहेको बताउदै खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चौभार निवासी केसी राजनीतिक जीवनमा पहिलो पटक मन्त्री बनेका हुन् । उनले दोस्रो संविधान सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई हराएपछि चर्चामा आएका थिए ।

मन्त्रालयका सचिव महेशप्रसाद दहालले मन्त्रालयअन्तर्गतका निकायका काम÷कर्तब्य बारे मन्त्री केसीलाई जानकारी गराउने क्रममा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मुख्य चुनौती पूर्वाधार भएको बताए ।

मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त खेलकुद मन्त्री राजन केसी ।

 

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

Success

Thank you for your time.