default_image

8 years ago

August 28, 2017

पल्सर स्पोर्टस अवार्डमा साहस स्पोर्टसको सहकार्य

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले सह प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजनमा पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते राजधानीमा आयोजना गर्दैछ ।

Sahas signing ceremony

मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले आइतबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रायोजन वापत साहसले टिसर्ट, क्याप र अवार्डको मनोनयनमा पर्ने खेलाडी, खेलकर्मीलाई ट्रयाकसुट गरि ३ लाख रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको छ ।

केहि महिना अघि मात्र स्थापना भएको साहस स्पोर्टसले आफ्नो उत्पादन बजारमा ल्याइसकेको छ । चाइना टाउनको पसल नं ६२ र कमलपोखरीस्थित पसलबाट साहस स्पोर्टसले आफ्ना उत्पादन विक्री गर्दै आएको छ । कम्पनीले सबै खेलका खेल पोशाक उत्पदान गर्ने बताएको छ । गत महिना साहसले वर्षको १ लाख २० हजार रुपैयाँ दिने सहमति सहित भलिबल खेलाडी प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बसेडर बनाएको थियो ।

‘पल्सर अवार्ड खेलकुदकै एकमात्र प्रतिष्ठित अवार्ड हो ’ साहस स्पोर्टसका अध्यक्ष समेत रहेका न्यौपानले भने, ‘यस्तो प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा हामी खुसी छौं । सहकार्यको अवसर दिएकोमा मञ्च प्रति अभार व्यक्त गर्दैछौं । भविष्यमा पनि यो सहकार्य निरन्तर रहनेछ ।’
मञ्चका अध्यक्ष आचार्यले अवार्ड आयोजनाका लागि सहयोग गरेकोमा सहास स्पोर्टसलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य निरन्तर रहनेमा विश्वास व्यक्त गरे ।
वि.सं २०७३ मा आफ्नो खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो रुपमा पल्सर स्पोर्टस अवार्डलाई लिइदै आएको छ ।

विगतका बर्षहरुमा जस्तै यसबर्षको पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी, प्रशिक्षकसहित सम्मानित गर्ने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले जानकारी दिए ।

पल्सर वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपुल्स च्वाइस अवार्ड विजेताले विगतमा जस्तै र यो वर्षबाट उत्कृष्ट प्रशिक्षकले गरि ४ जनाले पल्सर मोटरसाइकल प्राप्त गर्ने बताइएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयँसहित गिफ्ट ह्याम्परहरु पाउनेछन् । पिपुल्स च्वाइस अवार्डका लागि मञ्चले जुडोकी फुपुल्हामु खत्री, क्रिकेटका दीपेन्द्र सिंह ऐरी, पौडीकी गौरिका सिंह, फुटबलका सुजल श्रेष्ठ र एथलेटिक्सकी कान्छीमाया काजुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

२०६० सालदेखि निरन्तर आयोजना भएको स्पोर्टस अवार्डको यो १४ औं संस्करण हो । अघिल्लो वर्ष वर्ष उत्कृष्ट पुरुष खेलाडी फुटबलका नवयुग श्रेष्ठ, उत्कृष्ट महिला खेलाडी जुडोकी फुपुल्हामु खत्री, उत्कृष्ट युवा खेलाडी फुटबलका अञ्जन विष्ट, वर्षका प्रशिक्षक फुटबलका बालगोपाल महर्जन, पिपल्स च्वाइस अवार्ड विजेता टेबलटेनिसकी नविता श्रेष्ठ, पारा एथलिट तेक्वान्दोकी सीता भण्डारी र लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबलका श्रीराम रन्जितकार, स्पेशल अवार्ड स्व. ललितकृष्ण श्रेष्ठ (मरणोपरान्त) ले पाएका थिए । टिम अफ दी इयरको उपाधि नेपाली फुटबल टोलीलाई प्रदान गरिएको थियो ।

पल्सर स्पोर्टस् अवार्ड २०७३ सफल पार्न मञ्चका अध्यक्ष महेश आचार्यको संयोजकत्वमा मूल समारोह समितिका साथै विभिन्न उपसमितिहरु समेत गठन गरिसकिएको उल्लेख गर्दै मञ्चले सचिव राजु घिसिङको संयोजक रहेको खेलाडी छनोट समितिले बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ ।

हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजन रहेको पल्सर स्पोर्टस अवार्डमा डिस होम एक्सन स्पोर्टस, सूर्य नेपाल, रुस्लान फुटबल, साहस स्पोर्टस्, रोयल सिंगी, टिएचटी लाइभ, राष्ट्रिय खेलकुद परिषद्, एभिन्यूज टेलिभिजन साझेदारका रुपमा रहेका छन् । एभिन्यूजले अवार्डको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.