default_image

7 years ago

September 13, 2017

‘स्पोर्टस् मेडिसिन’ पुस्तक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले बजारमा ल्याएको खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक ‘स्पोर्ट्स मेडिसिन’ सार्वजनिक भएको छ । खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिनको युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले बुधबार एक कार्यक्रमको बीच विमोचन गरे । पुस्तक विमोचन कार्यकममा बोल्दै मन्त्री केसीले खेलका दौरान खेलाडीले […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले बजारमा ल्याएको खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक ‘स्पोर्ट्स मेडिसिन’ सार्वजनिक भएको छ । खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिनको युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले बुधबार एक कार्यक्रमको बीच विमोचन गरे ।

पुस्तक विमोचन कार्यकममा बोल्दै मन्त्री केसीले खेलका दौरान खेलाडीले अनेक समस्याहरु भोग्ने गरेको बताउदै त्यसबारे जानकारी दिने यो पुस्तक खेलाडीहरुको लागि महत्वपूर्ण रहेको बताए । मन्त्री केसीले सम्भवत यो पुस्तक नै खेलाडी र खेलकर्मीको लागि दुवै माध्यम (अंगेजी र नेपाली) मा भएको पुस्तक रहेको बताए । यस्तै पुस्तक लेखनका अगुवा डा खड्काले पुस्तकले खेलाडी घाइते हुदा प्राथमिक उपचार, घाइते खेलाडीको सफल उपचार र खेलमा फर्कन सक्ने बनाउन सहयोग पुग्ने बताए ।

पुस्तकमा खेल खेल्दा लाग्ने चोटपटकबाट बच्ने उपाय, तिनको उपचार र घाइतेहरुको खेलमा पुनरागमनको लागि आवश्यक उपचार पद्दतिबारे चर्चा गरिएको छ । यस्तै पुस्तकमा खेलका क्रममा बढी आवश्यक पर्ने कुराहरु प्राथमिक उपचार, स्पोर्ट्स इन्जुरी, डाइट तथा न्युट्रिसियन, अभ्यास, ड्रग्स तथा डोपिङ र फिजियोथेरापी सम्बन्धि चर्चा गरिएको छ । पुस्तक विभिन्न क्षेत्रमा कार्यरत चिकिस्तकहरु डा. पदम बहादुर खड्का, डा चैतन्य अधिकारी, विजय काफ्ले, रबी राज बसौला, सरोज पाण्डे र सुस्मा क्षेत्रीले संयुक्त रुपमा लेखेका हुन् ।

April 23, 2024

भुवनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) : इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २-ओभर […]

April 22, 2024

सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा ७२ होलको ४ दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत […]

April 22, 2024

मुवाँथाईका गुणराजलाई स्पोर्टस युनिभर्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् । गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा […]

Success

Thank you for your time.