8 years ago
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रोङ्गेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका छन् । स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका सेनाका खेलाडीले पदकसहित समान ११ हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा महिला जुनियरतर्फ सेनाकी कमला श्रेष्ठ र सिनियरतर्फ सञ्जु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पुरुषतर्फ जुनियरमा बाँकेका प्रकाश केसी र सिनियरम सेनाका ओलम्पियन कमलबहादुर अधिकारी घोषित भए । प्रतियोगितामा राईजिङ खेलाडीमा पुरुषतर्फ कास्कीका किरण घर्तीमगर र महिलामा पर्साकी रसिना बस्नेत राइजिङ खेलाडी घोषित भइन ।
प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल खेलाडी सेनाकी कमला श्रेष्ठ र बाँकेकी सञ्जु श्रेष्ठले १ हजार रुपैयाँ प्राप्त गरे । प्राप्त गरिन् । दक्षिण एशियाली खेलकुदका सर्वाधिक पदकधारी, ओलम्पियन तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिललाल जोशीको स्मृतिमा आयोजित दुई दिने भारोत्तोलन प्रतियोगिताको अन्तिम दिन बिहिबार पुरुष ६२ केजी तौल समूहको सिनियर तर्फ नेपाली सेनाका राजु चौधरीले स्वर्ण जिते । एपिएफका राहुल कुमार दास दोस्रो तथा एपिएफकै सुवास कुमार शाह तेस्रो भए ।
६९ केजी तौलमा नेपाली सेनाका यज्ञबहादुर सारुले स्वर्ण, एपिएफका महेश चौधरीले रजत तथा सेनाका जिवन तामाङले कास्य जिते । यस्तै ७७ केजी तौलमा ओलम्पियन नेपाली सेनाका कमल बहादुर अधिकारीले स्वर्ण पाए । एपिएफका तिलक बहादुर थापाले रजत तथा पर्साका आकाश कुमार पटेलले कास्य जिते । पुरुष सिनियरतर्फको ८५ केजीमा सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण पदक जिते । सेनाकै दिनेश कार्कीले रजत तथा एपिएफका सुजन बिकले कास्य जिते ।
९४ केजीमा नेपाली सेनाका टहल बहादुर बस्यालले स्वर्ण, सेनाकै विनोद खड्काले रजत र एपिएफका देवेन्द्र बिकले कास्य पाए । १०५ केजीम सेनाका दिनेश श्रेष्ठले स्वर्ण जिते । यस्तै १०५ केजीमाथि सेनाकै पुकार गुरुङले स्वर्ण पाए । जुनियर ६२ केजीमा ललितपुरका गणेश रानाभाटले स्वर्ण, बाराका सरुद्धिन आलमले रजत र बाराकै अशोक शाहले कास्य पाए ।
६९ केजीमा बाँकेका प्रकाश केसीले स्वर्ण र बाराका धिरज यादवले रजत पाए । ७७ केजीमा बाँकेका सुरज बैश्यले स्वर्ण पाए । यस्तै ९४ केजीमा भक्तपुरका जयदीप कोजुले स्वर्ण र बर्दियाका रोशन बिसीले रजत पाए । १०५ केजी तौल समूहमा कञ्चनपुरका सागर भण्डारीले स्वर्ण जिते ।
बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी, स्व। सुनिललाल जोशीका श्रीमती, प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन नेवालगायतले पुरस्कार वितरण गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]