default_image

8 years ago

September 21, 2017

बंगलादेशविरुद्ध नेपालको रोमाञ्चक जित

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल कबड्डी संघको आयोजनामा बिहिबारबाट शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा नेपालले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ ।

तस्विर : विवेक सुवेदी /  हाम्रो खेलकुद 

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशलाईलाई ३७–३५ को प्रतिस्पर्धात्मक अंकमा पराजित गरेको हो ।सुरुआत देखि नै खेलमा पछि परेको नेपाल एक समय २१–११ ले पछि रहेको थियो । तर, बंगलादेशका कप्तान मसुद करिम र अनवर हुसेनलाई लगतार आउट गरेपछि नेपालले खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।

पहिलो हाफ सकिदा नेपालले २३–२५ ले पछि रहेको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले बंगलादेशलाई दुईपटक अलआउट गर्दै ३१–३१ को स्थितिमा पुर्याएको थियो । बंगलादेशलाई अलआउट गरेपछि नेपालले पहिलोपटक ३४–३१ ले अग्रता लियो । त्यसपछि बंगलादेशले चार अंक जोड्दा नेपालले थप तीन अंक जोड्दै जित सुनिश्चित गरे ।

प्रतियोगिता अन्र्तगत शुक्रबार दुई खेल हुदैछ । पहिलो खेलमा बंगलादेशले भारतको सामना गर्दा दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । असोज ७ गतेसम्म चल्ने प्रतियोगितामा दक्षिण एसियामा नेपालसहित भारत र बंगलादेशको सहभागिता रहेको छ । श्रीलंकाले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको कबड्डी संघका पशुपति प्रजापतिले जानकारी गराए । सुपर लिगको आधारमा भैरहेको प्रतियोगितामा अब शुक्रबारको खेलबाट शीर्ष दुई टोलीले शनिबार उपाधिको लागि खेल्नेछ ।

 

 

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.