default_image

8 years ago

September 25, 2017

१३ औं साग निर्धारित समयमै हुने

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले आयोजना गर्ने अधिकार पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने बताएका छन् ।

Olympic

१३ औं सागमा २५ खेल समावेश भएको आधिकारिकता बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले १३ औं साग निर्धारित मितिमै हुने दाबी गरेको हो । १३ औं साग सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म हुने तय भएको थियो । ‘१३ औं सागको आयोजनाको लागि हामीलाई सरकारले प्रतिबद्धतासहितको पत्र पठाएको छ ।

यसले पनि १३ औं साग नेपालमा निर्धारित समयमै हुने संकत गर्दछ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार निर्माण र पुनसंरचना भैरहेको छ । पूर्वाधारको लागि स्पिडअपको मात्रै खाचो छ । प्रविधिको उच्च बिकास भैरहेको अवस्थामा भौतिक संरचनाको निर्माण तथा पुर्ननिर्माण निर्धारित समयमा पक्का हुनेछ । यो १७ महिनाको समयमा सम्पन्न भैसक्ने र साग पनि निर्धारित समयमै हुनेमा हामी विश्वस्त छौं ।’ यस्तै अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटिको विवादका कारण १३ औं नेपालमै हुने÷नहुने बारेको अन्योलता अब हटिसकेको बताए । ‘१३ औं साग आयोजनामा अब कुनै भ्रम हुनेछैन ।

सागको लागि हामी उच्च प्राथमिकताका साथ कार्यहरु अघि बढिरहेको छ ।’ अध्यक्ष श्रेष्ठले भने । यस्तै अध्यक्ष श्रेष्ठले १३ औं सागका लागि तय भएको २५ खेलहरु काठमाडौं र पोखरामा हुने जानकारी गराए । दुई शहरमा हुने २५ खेलमा कुन–कुन इभेन्ट समावेश गर्ने भन्ने बारे दक्षिण एसियाली ओलम्पिक काउन्सिलको जनवरीमा काठमाडौंमा बस्ने चौथो बैठकले निर्धारण गर्ने बताए । १२ औं सागसम्म विभिन्न खेलहरु फेरबदल भैरहेको अवस्थामा यसपटक ओलम्पिक खेल फेन्सिङ पहिलोपटक साग खेलकुदमा समेटिएको बताए । ओलम्पिक खेल ट्रायथलने पनि १२ औं सागबाट निरन्तरता पाएको बताए । यस्तै अध्यक्ष क्षेष्ठले सागको तेस्रो बैठकले अर्काे संस्करणबाट ओलम्पिक खेलकुदपछि दक्षिण एसियाली खेलकुद (साग) र त्यसपछि एसियन गेम्स गर्ने गरी प्रस्ताव अघि सारिएको बताए ।

नेपालले आयोजना गर्ने अधिकार पाएपछि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको तेस्रो बैठक बसिसकेको छ । काठमाडौंमा डिसेम्बरमा बसेको पहिलो बैठकले विधान संशोधन लगायत दक्षिण एसियाली ओलम्पिक काउन्सिलको मुख्य कार्यालय काठमाडौंमा राख्ने प्रस्ताव पारित गरेको थियो । यस्तै जुनमा भुटानमा बसेको दोस्रो बैठकले विभिन्न २८ खेल प्रस्ताव गरेको थियो । पाँचौं इन्डोर एसियाली मार्सल आर्टस् गेम्सको दौरान तुर्केमिनिस्तानको आस्कवादमा बसेको तेस्रो बैठकले २३ खेल सहमतिमार्फत र बाँकी दुई खेल आयोजकले राख्न पाउने निर्णय गरेको थियो ।

१३ औं सागमा समावेश खेलहरु

१. आर्चरी २. एथलेटिक्स ३. ब्याडमिन्टन ४. बास्केटबल ५.बक्सिङ ६. साइक्लिङ ७. फेन्सिङ (पहिलोपटक समावेश) ८. फुटबल ९.गल्फ (आयोजक) १०. ह्याण्डबल ११. जुडो १२. कबड्डी १३. कराते (आयोजक) १४. खो–खो १५. सुटिङ १६. स्क्वास १७. पौडी १८. टेबल टेनिस १९. तेक्वान्दो २०. लन टेनिस २१. ट्रायथलन २२. भलिबल २३. भारोत्तोलन २४. रेस्लिङ २५. उसु

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.