default_image

7 years ago

October 6, 2017

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित

इस्लामावाद/पाकिस्तान (हाम्रो खेलकुद )–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । […]

29 views

0 Bookmark

इस्लामावाद/पाकिस्तान (हाम्रो खेलकुद )–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी (दायाँ) का साथ मञ्चका महासचिव प्रकाश तिमल्सिना पाकिस्तानको इस्लामावादमा भएको विशेष साधारण सभामा भाग लिदै ।

उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । २५ मध्ये राजवंशीले १८ र अलीले ७ मत प्राप्त गरेकी थिइन् । एक कार्यकाल सदस्य रहेका राजवंशी गत बर्ष कोषाध्यक्षमा निर्वाचित भएका थिए । यो जितसँगै राजवंशी स्वतः मञ्चको केन्द्रिय समिति सदस्य बनेका छन् । मञ्चको विधान अनुसार कुनै सदस्य खेलकुद पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था र नेपाल पत्रकार महासंघमा निर्वाचित भएमा केन्द्रिय सदस्य हुनेछन् ।

राजवंशीलाई बधाई दिदै एआइपिएस एसियाका नव निर्वाचित अध्यक्ष कुवतेका सल्लाम अली अलसाही (बायाँ) ।

 

राजवंशीले आफ्नो जितलाई मञ्च र समग्र नेपाली खेलकुद पत्रकारहरुको जितका रुपमा आफुले लिएको बताएका छन् । ‘देशमा मञ्चले खेलकुद पत्रकारितामा निर्वाह गरेको भूमिका र संगठन निर्माणमा हामीले गर्दै आएको प्रयासलाई फेरि एक पटक अन्तर्राष्ट्रिय फोरमबाट मान्यता पाएको छ ’ राजवंशीले भने,‘व्यक्तिका रुपमा यहाँ मेरो उपस्थिति रहेपनि यो मञ्चको जित हो । म मार्फत मञ्चले अन्तर्राष्ट्रिय फोरममा आफ्नो आवाज निरन्तर उठाइरहनेछ ।’

मञ्च सन् २००६ देखि एआइपिएस एसिया सदस्य बनेको थियो । मञ्चले गत एआइपिएस एसियाको केन्द्रिय समितिको बैठक काठमाडौंमा आयोजना गरेको थियो । राजवंशी पहिलो पटक २०१२ मा एआइपिएस एसियाको सदस्य निर्वाचित भएका थिए । उनी २०६० साल देखि निरन्तर नौं वर्ष मञ्चको अध्यक्ष रहेका थिए । २०५२ सालमा समाचारपत्र दैनिकबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी अहिले बिबिसी नेपाली सेवामा कार्यरत छन् ।

विशेष साधारण सभाले कुवतेका सल्लाम अली अलसाहीमा अध्यक्ष सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अलसाही, प्रथम उपाध्यक्षमा दक्षिण कोरियाका हि डन जुङ र महासचिवमा पाकिस्तानका अम्जद अलि मलिक निर्विरोध निर्वाचित भएका थिए । ५ उपाध्यक्ष, १ कोषाध्यक्ष र ८ सदस्यका लागि भने निर्वाचन भएको थियो ।

नेपालबाट राजवंशी र मञ्चका महासचिव प्रकाश तिमल्सिनाले विशेष साधारण सभामा भाग लिएका थिए । साधारण सभामा एआइपिएस २८ सदस्य देशका ७० बढी प्रतिनिधिको उपस्थिति रहेको थियो । साधारण सभामा खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय संस्था एआइपिएसका अध्यक्ष जियानी मेर्लो विशेष अतिथिका रुपमा उपस्थित भएका थिए । निर्वाचित कार्यसमितिको पहिलो बैठक आजै बसेको थियो ।

April 17, 2024

राष्ट्रपति रनिङ शिल्ड- बादल र सरितालाई दोस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । बादल छात्र तथा सरिता छात्रामा पहिलो भएका हुन् । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो । पहिलो दिन मंगलबार दुवैले ४ सय मिटर दौडमा पनि स्वर्ण […]

April 17, 2024

दक्षिण एसियाली कुराँशमा ६ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडीले भाग लिने भएका छन्। वैशाख ७ देखि ९ गते सम्म हुने च्याम्पियनसिपमा महिलाको सिनियर ८७ केजी माथि दीपिका अछाजु, जुनियरको ६३ केजी मुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्नेछिन्। त्यस्तै सिनियर पुरुष ८१ केजी मुनि योगेन्द्र विष्ट, ७३ […]

April 17, 2024

मनिताले एसियन जुडो च्याम्पियनसिपमा खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद)- मनिता श्रेष्ठ प्रधानले हङकङमामा हुने एसियन जुडो च्याम्पियनसिपमा भाग लिने भएकी छन् । जुडो च्याम्पियन्सिपमा वैशाख ८ देखि ११ गतेसम्म हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले मनितासहित जुडो टोलीलाई बुधबार शुभकामनासहित विदाइ गरे । मनिताले ५७ केजी मुनिको तौल समूहमा […]

Success

Thank you for your time.