8 years ago
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका मीरा राईले हङकङमा भएको एमएसआइजी लान्ताउ ५० एसियन स्काइ रनिङ च्याम्पियनसिपको उपाधि जितेकी छन् ।
आइतबार हङकङमा भएको स्काइ रनिङ च्याम्पियनसिपमा नेपाली अल्ट्रा धाविका मीरा राईले निर्धारित ५० किलोमिटर दुरी ६ घण्टा ५० मिनेट ३४ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् ।
मीराले दोस्रो स्थानमा आएकी जापानी धाविकालाई १ घण्टा भन्दा बढी समयले पछि पारिन् । जापानकी युकारी होसिनो र काओरी निवाले क्रमशः ७ घण्टा ५२ मिनेट र ८ घण्टा २ मिनेटमा सो दूरी तय गरेर दोस्रो र तेस्रो स्थान हासिल गरिन् ।
लिगामेन्ट इन्जुरीका कारण मीराले केही समय विश्राम लिएकी थिईन् । मीरा सन् २०१४ मा इटालीमा ५७, हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन बनेकी थिइन् । राईले ‘नेशनल जोग्राफी एड्भेन्चरर अफ दि इयर २०१७’ उपाधि पनि जितिसकेकी हुन् ।
पुरुषतर्फ भने स्पेनका क्रिष्टोफर क्लिमेन्ट विजेता बने। क्लिमेन्टले ५ घण्टा ४९ मिनेटमा दूरी पूरा गरे भने राईले ६ घण्टा ५० मिनेटमा सो दूरी पार गरिन्। त्यसबाहेक सो प्रतियोगितामा सम्पूर्ण पदक जापानी धावकहरुले हात पारे। पुरुषतर्फ मियुरा उइची र काजुआकी होसिनो क्रमशः दोस्रो र तेस्रो भए। मियुराले ६ घण्टा २ मिनेट र होसिनोले ६ घण्टा ३९ मिनेटमा सो दूरी पार गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]