8 years ago
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ ।
डिसेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा राहुल थोकर लामा र ७१ केजीमा सलोम सादा लेप्चा जैसीले प्रतिस्पर्धा गर्नेछन् । राहुल गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।
महिलाको ६७ केजीमा अनिशा खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४ औं विश्व मुवाँथाईं च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
प्रशिक्षकमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका गणेशलाल कक्षपति तथा व्यवस्थापकमा संघका उपाध्यक्ष उमेशकुमार खड्का रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीले मंगलबार एक कार्यक्रमबीच उनीहरुलाई बिदाइ गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]