default_image

8 years ago

December 24, 2017

राखेप च्याम्पियनसिपको उद्घाटन आज, भलिबल पोखरामा

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिपअन्तर्गत भलिबल पोखरामा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राखेप च्याम्पियनसिपको उद्घाटन सातदोबाटोस्थित स्पोर्टस् कम्प्लेक्समा गर्ने राखेपले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।

राखेप च्याम्पियनसिपका बारेमा हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै राखेप सदस्य सचिव केशव विष्ट (बीचमा) ।

पहिलो पटक आयोजना हुन लागेको च्याम्पियनसिपमा २९ खेल समावेश छन् । २१ औं महिला र ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताका रुपमा रहेको च्याम्पियनसिप अन्तर्गतको भलिबल पुस ११ गते देखि सुरु हुनेछ । अन्य खेलमा जस्तै भलिबलमा पनि पाँच विकास क्षेत्र र तीन विभाग (त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ ) गरि आठ टोलीको सहभागिता रहने भएको छ ।

नेपाल भलिबल संघको आयोजना राखेपको संयोजन र पश्चिमाञ्चल क्षेतिय भलिबल संघको संयोजनमा भलिबल पुस १५ गते सम्म पोखरा रंगशालामा हुनेछ बताइएको छ । अर्को वर्ष हुने १८ औं एसियाली खेलकुद र नेपालमा झन्डै दुई वर्षपछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर च्याम्पियनसिप गर्न लाखेको सदस्य सचिव विष्टले जानकारी दिएका थिए ।

२९ खेलमध्ये मौसमको प्रतिकूलताका कारण पौडी र ट्रायथलन यसअघि नै भइसकेका छन् । त्यस्तै प्राविधिक कारणले कराँते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता पनि सम्बन्धित राष्ट्रिय खेल संघले आयोजना गरिसकेको बताइएको छ ।

यसै च्याम्पियनसिपबाट राष्ट्रिय टिमको छनोट समेत हुनेछ । च्याम्पियनसिप राष्ट्रिय संघले तोकेको मिति र स्थानमा २०७४ साल पुस ९ गते आइतबारबाट सुरु गरी २०७४ माघ ९ गतेसम्म सक्नुपर्ने छ । च्याम्पियनसिप सम्पन्न गर्न ४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको सदस्य सचिव विष्टले बताए ।

च्याम्पियनसिपमा स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्याण्डबल, तेक्वान्दो, कुस्ती, फेन्सिङ बास्केटबल, जुडो, टेबल टेनिस, राष्ट्रिय तेक्वान्दो, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, उसु, पौडी, आर्चरी, लन टेनिस ट्रायथलन, फुटबल कराँते, ब्याडमिन्टन र सफ्ट टेनिसका खेलहरु हुनेछन् ।

च्याम्पियनसिपमा १७ सय ९१ महिला र २२ सय ४९ पुरुष खेलाडी गरी कुल ४ हजार ८२ खेलाडीले ६ सय १५ स्वर्ण, ६ सय १५ रजत र ८ सय ९७ कास्य गरी कुल २१ सय २७ पदकका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.