8 years ago
December 26, 2017
पोखरा – राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पाँच बिकास क्षेत्र र तीन विभागिय टोली सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा त्रिभुवन आर्मी , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र नेपाल पुलिसले सफलता प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र पुलिसले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–२०, २५–१९ र २५–१४ को सोझो सेटमा हरायो । अर्को विभागिय टिम एपीएफले सुदूरपश्चिमाञ्चललाई २५–१२, २५–१७ र २५–१३ ले हरायो । पुरुषकै तेश्रो खेलमा नेपाल पुलिसले मध्यपश्चिमाञ्चललाई २५–१६, २५–१७ र २५–१६ ले पराजित गर्यो । पश्चिमाञ्चलले मध्यामञ्चललाई २५–२१, २५–२२ र २५–१६ ले पाखा लगायो ।
पोखरा रंगशालामा भएको महिलातर्फको लिग खेलमा एपीएफले पूर्वाञ्चललाई २५–२, २५–४ र २५–७ ले हराउदा मध्यामञ्चलले मध्यापश्चिमाञ्चललाई २५–७, २५–११ र २५–१० ले पराजित गर्यो । त्यस्तै पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२, २५–४ र २५–८ ले र नेपाल पुलिसले आर्मीलाई २५–१३, २७–२५ र २५–६ को सोझो सेटमा रोक्यो ।
युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताका दुवैतर्फका विजेताले ५० हजार, दोस्रोले ३० र तेस्रो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला तथ पुरुषका उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्ट हुने खेलाडीले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सहभागि टोलीलाई दुई समूह विभाजन गरि लिगकम नकआउटका आधारमा सञ्चालन हुने टेक्निकल कमिटि संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरले जनाए । प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]