8 years ago
January 3, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगत राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चलले विभागिय टोली नेपाल एपिएफलाई ३०–२२ गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफका गोल रक्षक राम बाबु यादयले रातो कार्ड पाए पछि मैदानबाट बाहिरिएका थिए ।

पुरुष तर्फको अन्य खेलमा त्रिभुवन आर्मी क्लबले दोहोरो जित हासिल गर्दा मध्यमाञ्चलले एक खेलमा जितेकोे छ । आर्मीले सुदुर पश्चिमाञ्चललाई ३८–१२ को फराकिलो गोल अन्तरले पराजित गर्यो । अर्का खेलमा मध्यमाञ्चलले मध्य पश्चिमाञ्चललाई २६–१४ ले हरायो । त्यस्तै आर्मीले मध्यमाञ्चललाई २८–७ ले पराजित गर्यो ।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरामा बुधबार देखि सुरु भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पहिलो दिनको खेलमा एपिएफ, पश्चिमाञ्चल, आर्मीले जित हासिल गरेका छन भने बुधबारको अन्तिम खेलमा मध्यमाञ्चल र सुदुर पश्चिमाञ्चलले ३–३ को बराबरी खेलेका छन् । एपिएफले सुदुर पश्चिमाञ्चललाई ४३–३ ले मश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई २१–३ ले, आर्मीले पुर्वाञ्चललाई २१–३ ले हरायो ।
विहिबार पनि लिग चरणका खेलहरु हुने भएको कास्की जिल्ला ह्याण्डबल संघका बरिष्ठ उपाध्यक्ष चित्र थापाले बताए । प्रबेश निशुल्क रहेको उक्त प्रतियोगिता भलिवल प्रशिक्षण केन्द्रको परिसरमा पुरुष तर्फ र रंगशालाको पुर्वपट्टिको भागमा महिला तर्फको खेल संचालन भएको छ ।
हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन भइरहेको प्रतियोगिताको दुवैतर्फ प्रतियोगितामा पाँच विकास क्षेत्र, एपिएफ नेपाली सेना गरि ७ टोलीको सहभागिता रहेको छ । पुस २२ गतेसम्म पोखरामा संचालन हुने प्रतियोगितामा दुवैतर्फका विजेताले समान ३०, दोस्रो हुनेले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ दक्षिण एसियाली खेलकुद (साग) खेलका लागि खेलाडी छनोट गरिने हुँदा यो प्रतिोगितालाई महत्वका साथ हेरेको छ । प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले वल्र्ड भिजन मोबइल प्राप्त गरे ।
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगिताको उद्घाटन गरे । गरेका हुन । मेयर जिसीले पोखराको खेलकुद पर्यटन विकासको लागि महानगरपालिकाले गुरु योजना बनाउने तयारी गरेको बताए । ‘पोखरा लेखनाथ महानगरपालिका पोखराको खेलकुद र पर्यटनको विकास गर्न चाहान्छ, हामीले ३३ वटै वडामा विभिन्न खेल पर्यटनको विकास गराउन चाहान्छौं’, उनले भने, ‘यसका लागि हामीले आगामी केहि महिनामा खेलकुदको गुरु योजना ल्याउदै छौं । खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरी स्वस्थ्यताको लागि घर घरमा खेलकुदको बारेमा सचेतना गराउने उनले बताए ।’
नेपाल ह्याण्डवल संघका अध्यक्ष तथा ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले नेपालमा ह्याण्डवल खेलको धेरै सम्भावना रहेको बताए । साग खेलमा नेपालको सेमिफाईनलको स्थान रहेकोले यसको विकास गर्न सके पदकको आशा हुने उनले विश्वास व्यक्त गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]