8 years ago
January 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘समानताका लागी बुलन्द आवाज’ भन्ने नाराका साथ चैतमा सगरमाथा आरोहण गर्ने तयारीमा रहेको प्रथम महिला पत्रकार आरोहण २०१८ टालीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।
बाालुवाटार स्थित प्रधानमन्त्री निवासमा शनिबार भएको भेटघाटमा प्रधान मन्त्री देउवाले उक्त टोलीको अभियानका लागी आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्री परिषद्बाट यथासक्दो आर्थिक सहयोग लगायतका सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री देउवाले टोली सदस्यलाई बहादुर र साहसी महिलाको संज्ञा दिएका छन् ।
आरोहण टोलीमा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), खेलकुद पत्रकार प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) छन् ।
चैतमा आरोहणको तयारीमा रहेको टोली अहिले आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउनमा व्यस्त छ । आरोहण टोलीका सदस्इले आरोहण सम्बन्धी पहिलो चरणको तालिम अन्तगर्त दोलखाको रोलवालिङ स्थित यालुङरी र रामदुङ हिमाल आरोहण गरीसकेका छन् । नेपाल पत्रकार महासघको ब्यानरमा जान लागेका महिला पत्रकार टोलीलाई किर्तीमानी आरोहि फुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराइरहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]