8 years ago
January 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीहरुको संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसै महिना एनएनआइपिए वर्षका उत्कृष्ट खेलाडी सम्मान आयोजना गर्ने गर्ने भएको छ ।

एनएनआइपिएले यसपटक माघ २७ गते आयोजना गर्ने सम्मानमा खेलाडी संख्या बढाउनेको साथै एउटा विधा पनि थप गर्ने बताएको छ । यसपटक ३५ खेलका खेलाडीलाई वर्ष खेलाडी २०७३ बाट सम्मान गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनएनआइपिएका उपाध्यक्ष हरि खड्काले जानकारी दिए ।
‘यो वर्षदेखि ३५ खेलका खेलाडीलाई सम्मान गर्दैछौं ’अध्यक्ष दीपक श्रेष्ठले भने,‘गत वर्ष पूर्वाञ्चलमा भएका सबै ३५ खेलका खेलाडीलाई सम्मान गर्ने निर्णय गरेका छौं ।’ सम्मानित हुने हरेक खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सम्म एनएनआइपिएले २५ खेलका खेलाडीलाई सम्मान गरेको थियो ।
नेपालका लागि खेलकुदमार्फत पहिलो अन्तर्राष्ट्रिय सहभागिता जाउने धावक गजराज जोशीका नाममा रहेको गजराज जोशी आदर्श सम्मान यसपटक पनि समावेश छ । २५ हजार नगदसहितको उक्त सम्मान गजराज जोशी ट्रष्टले गर्दै आएको श्रेष्ठले जानकारी दिए ।
एनएनआइपिएले स्वर्गिय गजराज जोशीको जन्मथलो टोखा नगरपालिकामा यसपटकको कार्यक्रम आयोजना गर्ने बताएको छ । जोशीले भारतमा सन् १९५१ मा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
सम्मान कार्यक्रमलाई टोखा नगरपालिका र ट्रष्टले सहयोग गरेको बताइएको छ । एक जना खेलकुद पत्रकारलाई एनएनआइपिएल पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको छ । यो यसपटक थप गरिएको विधा हो । अध्यक्ष श्रेष्ठले एकजनालाई १५ हजार रुपैयाँसहित सम्मान गरिने जानकारी दिए ।
यसपटक एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ बाट सम्मानित हुने खेल
१. फुटबल २. क्रिकेट ३. कराते ४. तेक्वान्दो ५. उसु ६. बक्सिङ ७. एथलेटिक्स ८. भलिबल ९. भारोत्तोलन १०. पौडी ११. जुडो १२. आर्चरी १३. सुटिङ १४. कुस्ती १५. लन टेनिस, १६. सफ्ट टेनिस १७. टेबल टेनिस १८. कबड्डी १९. जिम्याष्टिक २०. बास्केटबल २१. ह्यान्डबल २२. हक्की २३. चेस २४.साइक्लिङ २५.स्क्वास २६.ट्राएथोलन २७. खोखो २८. स्नुकर एन्ड बिलियार्ड २९. फेन्सिङ ३०.शारीरिक सुगठन ३१. ब्याडमिन्टन ३२. आइटिएफ तेक्वान्दो ३३. सेपाक ताक्रो ३४. फुल कन्ट्याक्ट कराते ३५. गल्फ
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]