8 years ago
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । ३४ बर्षपछि भएको भेटमा हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो ।
नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको बताए ।‘ घरेलु टोली पनि राम्रो हो । हामीले विश्वास गरेका केही खेलाडीले सोचे जस्तो खेल्न साकेनन्, उनले भने, खासमा मानबहादुरले सोचे जस्तो खेल्न सकेनन्, उनले राम्रो खेलेको भए हामी सिधा ३ सेटमा जित्न सक्थेऊ ।’
हङकङका मुख्य प्रशिक्षक याउ होक चुनले लामो यात्रा गरेर आएकाले नेपाली टोली केही थाके जस्तो देखिएको बताए । उनले थपे, त्यसैले पहिलो सेट उनिहरूको लागि वार्म अप जस्तो भयो । पछि उनिहरूले राम्रो खेले । आजको कमजोरीलाई गम्भिर रूपमा बिश्लेषण गरी राम्रो गर्ने छौ ।’
नेपाली टोलीका कप्तान इम रानामगरले भने, ‘सुरु उनिहरूको खेल बुझ्न समय लाग्यो । हाम्रो पनि तालमेल मिल्न सकेको थिएन । पछि उनिहरूको खेल बुझे पछि राम्रो गरेउ । रीसिभमा राम्रो हुन सकेको छैन भोली त्यसमा सुधार गर्नेछौ ।’
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]