8 years ago
February 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन डलब लिग भलिबल प्रतियोगिताका शीर्ष ६ मध्ये २ टोलीले भाग नलिएपछि प्रथम शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ४ टोलीले मात्र प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको पहिलो दिन आयोजक शिवम् न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ समूह विजेता बन्दा पराजित दुवै टोली पनि स्वतः सेमिफाइनल पुगेका छन् ।
न्यु डायमण्ड त्रिभुवन आर्मी क्बललाई २५–१३, २५–१९ र २५–१७ को सोझो सेटमा हराउँदै समूह बीको विजेता बनेको हो । शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता समूह ‘ए’ मा ढोरपाटन लिग विजेता एपिएफले टप्स उच्च मावि पोखरालाई २५–१२,२५–२२ र २५–१० ले हराएको थियो ।
सोमबार हुने सेमिफाइनलमा न्यु डायमन्डले टप्स तथा एपिएफले आर्मीको सामना गर्नैछ । प्रतियोगिताको अन्तिम समयमा नेपाल पुलिस र श्रीगाउँ खेलकुद बिकास समितिले खेल नखेल्ने भएपछि ४ टोलीबीचमात्र प्रतिस्पर्धा भएको हो । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
उपविजेताले प्राप्त गर्ने १ लाख १ हजार प्रापत गर्नेछन् । तेस्रो स्थान हासिल गर्नेले ५१ हजार प्राप्त गर्नेछ । चौथो स्थान हासिल गर्नेले टिमले प्राप्त गर्ने रकम २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपौयाँ पाउनेछन् । बिधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]