default_image

8 years ago

February 4, 2018

‘जग्गा खोज्नुस्, पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ’

165 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा क्षेत्रमा जग्गा मिलेमा अर्को वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अग्रसरता लिने बताएको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले न्युट्रल भेन्युका रुपमा नेपाल रहने र त्यसका लागि प्राकृतिक स्रोतसाधनले ध्यान खिच्न सक्ने पोखरा उत्तम स्थान भएको उल्लेख गरे ।

दायाँबाट क्रमश ः नेपाल खेलकुद पत्रकार मञ्च, समन्वय शाखा कास्कीका अध्यक्ष केशव पाठक, राखेप सदस्य सचिव केशवकुमार विष्ट र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल ।

‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान पोखरामा बनाउने सोच छ । २० हजार बढी क्षमता भएको क्रिकेट स्टेडियम बनाउने हो तर जग्गाका लागि पहल भने यतैकाले गर्नुस् ’ नेपाल खेलकुद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने‘उपयुक्त जग्गा मिले आउँदो आर्थिक वर्षदेखि नै बजेट छुट्टाउँछु । खाली जग्गा खेलकुदका लागि क्याप्चर गर्न भनेर भन्दै आएको छु ।’

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने भन्दै विष्टले पोखरासहित इटहरी र तुलसीपुरलाई स्पोर्टस् सिटी घोषणा गर्न अग्रसर रहेको बताए । पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) का कम्तिमा ६ खेल हुने दोहो¥याउँदै उनले भौतिक पूर्वाधार बनेन भनेर साग गेम्स नसर्ने प्रष्ट्याए ।

विष्टका अनुसार सागमा महिला फुटबल उद्घाटन तथा समापन पोखराको नयाँ रंगशालामा हुनेछ । महिला तथा पुरुष भलिबल नयाँ निर्माण गरिएको बहुउद्देश्यीय कभर्डहल, ट्राइथोलन बेगनासताल वा फेवातालमा हुनेछ । ब्याडमिण्टन, आर्चरी र ह्याण्डबल खेलाउने निर्णय भएको छ भने बक्सिङ र उसु पनि खेलाउन सकिने सम्भावना छ ।

‘५० लाख सम्मको काम जिल्लालाई नै दिन्छौं । १ करोडसम्मको काम क्षेत्रले हेर्छ । ठूलो बजेट मात्र हामी केन्द्रले हेर्छ । उपभोक्ता समितिले १ करोडसम्मको काम गर्न पाउने भएकाले पोखराको फुटबल रंगशाला निर्माणको लागि अहिले भत्काउने काम समिति मार्फत नै भईरहेको छ ।

‘अब आहा रारा गोल्ड फुटबल प्रतियोगिता सकियो, काम सुरु हुन्छ ’ सदस्य सचिव विष्टले भने, ‘एक अर्ब भन्दा माथिको बजेटलाई ग्लोबल टेण्डर गर्नुपर्नेहुन्छ । यो सवा अर्बको योजना हो । निर्माण कार्यका लागि गरिएको टेण्डर आह्वानमा जम्मा एक कम्पनी मात्र क्राइटेरिया पुरा गरेर आयो । एउटा मात्र प्रतिष्पर्धा नहुने भएकाले रद्द भयो । अर्को टेण्डर निकाल्नुपर्ने हुन्छ । अब १५ दिनका लागि टेण्डर आह्वान गरे पुग्छ । हामी तयारीमा छौं ।’

काम सुरु गरेको १० महिनामा नेपालकै सबैभन्दा ठूलो, उच्च प्रविधिको अन्तर्राष्ट्रिय स्तरको रंगशाला पोखरामा बन्ने उनले जनाए । पोखरामा इन्डोर गेम खेल्नका लागि ९ करोडको डोम निर्माण गर्ने उनले खुलाए । बिष्टले साना योजनाहरु सम्बन्धित संघले राखेपको सहयोगमा गरिरहेको भन्दै ठूला योजनाहरु केन्द्रले गर्ने बताए । स्टेडियम बाहिर ढुंगेसाँघु, लामाचौर, सहारा सहित चार ठाउँमा बजेट परिसकेको उनले जनाए । लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको विष्टले बताए ।

हालै पोखरामा अन्तर्राष्ट्रिय स्तरको सेभेन ए साइड फुटबल आयोजना भएको बारे आफूलाई थाहा नभएको र यसबारे बुझ्ने उनलेब ताए । विवादका बीच सो प्रतियोगिता सम्पन्न भइसकेको छ । रष्ट्रिय स्तरसम्मका प्रतियोगिता सम्बन्धित संघले हेर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको लागि राखेपको स्विकृति लिनु, जानकारी गराउनु अनिवार्य रहेको विष्टले बताए ।

राखेप ् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको उनले बताए । पोखराबाट प्रतिनिधित्व गर्नेसदस्य फत्त बहादुर गुरुङ नक्कली खेलाडी बनाई विदेश पठाउने कार्यमा संलग्न भनिएको सम्बन्धमा छानविन भइरहेको बिष्टले बताए ।

‘उहाँलाई अहिले निलम्बन गरिएको छ । मिडियामा यसबारे प्रसारण भईसकेपछि बुझ्दा उहाँबाट कमी कमजोरी देखियो तर पुष्टि भईसकेको छैन । पीडित भनिएका समेत उजुरी गर्न आएका छैन ’ उनले भने, ‘नक्कली खेलाडी बनेर जान खोज्ने पनि दोषी होलान् नि । छानविन भइरहेको छ । कमीकमजोरी छ तर पुष्टि भईनसकेकाले निश्कासन, फुकुवा गरेका छैनौं ।’

अब फुटबल विकासका लागि विभिन्न ठाउँमा आयोजना हुने गोल्डकप प्रतियोगिताको पुरस्कार राशी वृद्धि हुने र यसमा राखेपले सघाउने विष्टले दोहोराए । कास्की मञ्चका अध्यक्ष केशव पाठकले रंगशालामा खानेपानीका लागि १८ लाखको बजेट अहिले खर्च मात्र गरेको तर काम प्रभावकारी नहुँदा दुरुपयोग हुन पुगेको भन्दै ध्यानाकर्षण गराए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.