8 years ago
February 5, 2018
दिपक बोहोरा
पाँचथर– हिउँमा खेलिने आइस हक्की खेलको विकास गर्ने भन्दै पाँचथरमा आइस हक्की संघ गठन गरिएको छ । पाँचथर जिल्लाका केहि ठाँउमा वर्षमा आक्कल झुक्कल हिँउ पर्ने बाहेक जिल्लामा हिउनै पाइदैन । वरफमा माथि खेलिने खेलको विकास गर्ने भन्दै हिउनै नपाइने जिल्लामा आइस हक्की संघ गठन गरिएको हो ।
आइतबार सदरमुकाम फिदिममा आइस हक्की संघका केन्द्रीय सदस्य मुकेश दाहालको उपस्थितिमा आफु निकटका मानिसहरु भेला पारी संघ जिल्ला कार्य समिति पाँचथर गठन गरिएको हो । जसमा जिल्लाका खेलकुद संग सम्बन्धित धेरै व्यक्ति तथा संघ सस्थाहरुलाइ खबर नै नगरी समिति गठन गरीएको हो ।
दिपेन योक्पाङनको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । कुनै पनि खेलकुद संघ गठन गर्नु पर्दा जिल्ला खेलकुद विकास समितिको रोहबरमा संघ गठन गर्नु पर्ने प्रावधानलाई पनि लत्याइउको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मात्रिका दाहालले संघ गठनको कुनै जानकारी नभएको बताएका छन् ।
जिल्लामा खेल संघहरु खेलको विकास गर्ने भन्दा पनि राजनीति गर्ने थलोको रुपमा विकास भइरहेको छ । जिल्लामा अस्तित्वमा रहेका अन्य खेलका संघले काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला सम्भावना नभएको खेलको संघ गठन भएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]