default_image

8 years ago

February 9, 2018

अन्तराष्ट्रिय महिला भलिबलको तयारी पूरा, प्रचण्डले उद्घाटन गर्ने

200 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)- चितवनको पटिहानीमा शनिबारदेखि सुरु हुने प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ को सबै तयारी पूरा भएको छ । भलिबल महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको प्रतियोगिताका लागि कोर्ट निर्माणदेखि परिसर सजावटका सबै काम सम्पन्न भएको शुक्रबार खेलस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो  ।


दुई विदेशीसहित ७ टिम सहभागी हुने प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने भएको छ । त्यसका लागि स्टल बनाइएका छन् । प्रतियोगितामा भारतबाट हरियाणा पुलिसको महिला टिम आउने भएको छ । यसअघि फ्रेञ्च क्लब कोलकाता आउने भनिएपनि अन्तिम समयमा भारतबाट हरियाणा पुलिस आउने तय भएको प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

त्यस्तै बंगलादेशको राष्ट्रिय महिला भलिबल टिम पनि सहभागी हुने भएको छ । साथमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड एकेडेमी काठमाडौं सहभागी हुनेछन् । तर, पहिले आउने भनिएको पश्चिमाञ्चल भलिबल संघको टिम भने खेलाडी घाइते भएका कारण अन्तिम समयमा नआउने भएका छन् । त्यसको ठाउँमा चितवनको एक टिमले सहभागिता जनाउने भएको प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए । चितवनको टिम ‘चितवन टाइगर्स’ को नामले खेल्नेछ ।

जसमध्ये नेपाल आर्मी र न्यू डायमण्डका खेलाडीहरु पटिहानी झरिसकेको र अरु टिम क्रमशः आउने सेढाईंंले जानकारी दिए । प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १ सय र २ सय रुपैयाँको टिकट व्यवस्था गरिएका छन् ।ठूला भलिबल प्रतियोगिताका लागि परिचित भरतपुर महानगरपालिकाको पटिहानीमा यो प्रतियोगिताकोे शनिबार आधारभूत विद्यालय धनौजीको खेलमैदानमा पूर्व प्रधानमन्त्री तथा यसै क्षेत्रका प्रतिनिधिसभा सांसद् पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १३ सदस्यीय स्टेयरिङ समिति, विभिन्न १६ उपसमिति, ५९ सदस्यीय सल्लाहकार समिति गठन गरिएका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.