8 years ago
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – समाचार संकलनका लागि आइतबार रोयल सिंह होटल पुगेका खेलकुद पत्रकार प्रकाश कडेँलमाथि दुव्र्यवहार भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा रोयल सिंगी होटलमा भएको पत्रकार सम्मेलनमा अमेरिकी रेस्लर जिजस मालिकीले दुव्र्यवहार गरेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं नयाँ पत्रिका दैनिकमा कार्यरत प्रकाशले सम्मेलनमा प्रश्न सोधे पछि एक्कासी रेस्लर जिजसले कडेँललाई बराम्बर दुव्र्यवहार गरेका थिए । कँडेलले सुरुमा नाटक जस्तो लागे पनि पछि उनले धम्कीपूर्ण शब्द बराम्बार बोलेको बताए ।
उक्त दुव्र्यवहारबारे मञ्चले घोर भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । ‘अमेरिकी रेस्लर जिजस मालिकीले धम्कीपूर्ण भाषा प्रयोग गर्दै हात हाल्नेसम्मको प्रयास गरेकाले यसमा मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन भएको मञ्चको ठहर छ ।
त्यस घटनामा संलग्नलाई दोषीउपर कारवाही र आयोजक संघलाई सार्वजनिक रुपमा माफी माग्न अविलम्ब माग गर्दछ ’मञ्चका सचिव राजु घिसिङले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उक्त घटनाबारे मञ्चले नेपाल पत्रकार महासंघ र राष्ट्रिय खेलकुद परिषद्को पनि ध्यानकर्षण गराएको छ ।
संघले अर्को महिना पोखरामा ४ देशका खेलाडीको सहभागितामा पोखरामा आरडब्लु आयोजना गर्ने जानकारी दिएको थियो । जसमा नेपाल, अमेरिका, भारतका पुरुष खेलाडीले तथा रसियाका महिला रेस्लरले भाग लिने बताइएको थियो । होलीको अवसरमा पोखरा रंगशालामा फागुन १८ गते रिङ रेस्लिङ हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेस्लिङको डिस होम एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]