default_image

8 years ago

February 12, 2018

किरण, पारससहित ३५ खेलाडी उत्कृष्ट, जोशीलाई गजराज स्मृति आदर्श खेलाडी सम्मान

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गर्ने भएको छ ।


आज दिउँसो टोखामा आयोजना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ सम्मानमा जोशीको परिवारलाई सम्मान प्रदान गरिने जनाइएको छ । सन् १९८४ मा काठमाडौंमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ हालको साग) देखि छैटौं बाहेक सातौं सम्म लगातार भाग लिएका जोशीले हरेक पटक पदक जितेका थिए । उनले सागमा मात्र १३ पदक जितेका थिए ।

त्यो नेपाली खेलकुदमा सागमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक पदक हो । गजराज जोशी स्मृति प्रतिष्ठानले आदर्श खेलाडी सम्मान हरेक वर्ष प्रायोजना गर्दै आएको छ । गजराज जोशी नेपालले भाग लिएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी टोलीका सदस्य हुन् । यसपटक जोशीकै जन्मथलो टोखामा खेलाडी सम्मान कार्यक्रम हुँदैछ ।

त्यस्तै यो वर्षबाट सुरु गर्न लागिएको एनएनआइपिए पत्रकारिता सम्मान वरिष्ठ सञ्चारकर्मी श्याम चित्रकारलाई प्रदान गरिने संघले जनाएको छ । युवा अवस्थामा एथलेटिक्स र फुटबलका खेलाडी रहेका चित्रकार झन्डै ४ दशकले देखि खेलकुद फोटो पत्रकारका रुपमा सक्रिय छन् ।

नेपाल टेलिभिजनको स्थापनाकालका क्यामरा पर्सन समेत रहेका चित्रकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि झन्डै एक दशक फोटो पत्रकारका रुपमा काम गरेका थिए । चित्रकार अहिले पनि खेलकुद पत्रकारितामा सक्रिय छन् । उनी नेपाल टेभिजनका लागि खेलकुद समाचार र साप्ताहिक खेलकुद कार्यक्रम निर्माण गर्दै आएका छन् ।

गत वर्ष पूर्वाञ्चालमा आयोजना भएका ३५ खेलका उत्कृष्ट खेलाडीलाई आज सम्मान गरिदैछ । हरेक संघको सिफारिसमा उत्कृष्ट खेलाडी यसअघि नै सर्वाजनिक भइसकेको छ । गत वर्षसम्म २५ खेलका खेलाडीलाई सम्मान गर्दै आइएको एनएनआइपिएले जनाएको छ ।

३५ खेल फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, जिम्न्यास्टिक छन् । बास्केटबल, ह्यान्डबल, हक्की, चेस, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, सेपाक ताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका उत्कृष्ट खेलाडी सम्मानित हुनेछन् ।

एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ का विजेता
१. किरण चेम्जोङ– फुटबल
२. पारस खड्का – क्रिकेट
३.प्रतिभा माली – भलिबल
४.परशुराम बास्तोला – कराते
५. स्यान्टु श्रेष्ठ – टेबल टेनिस
६. अस्मिता राई – शुटिङ
७. सुनिल थापा – बक्सिङ
८. दीनेश थापा – भारोत्तोलन
९. राजु राई – जिम्न्याष्टिक
१०. मयांका राणा – लन टेनिस
११. विजयकुमार चन्द – कबड्डी
१२. प्रदीप खत्री – सफ्ट टेनिस
१३. उमा राई – ह्यान्डबल
१४. राजेश मगर – साइक्लिङ
१५. प्रदीप राजवंशी– हक्की
१६. मदनकृष्ण कायस्थ – चेस
१७. अरहन्त केशर सिंह – स्क्वास
१८. रत्नजित तामाङ – ब्याडमिन्टन
१९. सदीश प्रधान – बास्केटबल
२०. सुष्मि श्रेष्ठ – फुल कन्ट्याक्ट कराते
२१. तुलसा राजथला – आइटिएफ तेक्वान्दो
२२. अनिल गुरुङ – सेपाकताक्रो
२३. दीलकुमारी तामाङ – खोखो
२४. महेश्वर महर्जन – शारीरिक सुगठन
२५. दीपक मगर – स्नुकर एन्ड बिलियार्ड
२६. रेजिना कार्की – तेक्वान्दो
२७. निमा घर्ती मगर – उसु
२८. फुपु ल्हामु खत्री – जुडो
२९. प्रेमप्रसाद पुन – आर्चरी
३०. शीरिष गुरुङ – पौडी
३१. कान्छीमाया कोजु – एथलेटिक्स
३२. सन्दीप लामा – फेन्सिङ
३३. शुक्रबहादुर राई – गल्फ
३४. बसन्त थारु – ट्रायथोलन
३५. सरोज यादव – कुस्ती

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.