8 years ago
February 15, 2018
नेपालगन्ज (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । बिहिवार भएको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लब लाई ३–० को सोझो सेटमा हरायो ।
डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो । अर्को खेमला एपिएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई २५–९, २५–७, २५–११ ले पराजि तगर्यो ।
न्यु डायमण्डका प्रशिक्षक कुमार राईको पहिलो रोजाईका खेलाडी कप्तान ललिता नाथ, प्रतिभा माली, मन्जु गुरुङ, कृपा अधिकारी, पनामिका राई, बालमिका आचार्य र लिब्रो सलिना श्रेष्ठ कोर्टमा उत्रिएका थिए । चितवनमा जस्तै न्यु डायमण्डले नेपालगञ्ज भ्रमणमा पनि राष्ट्रिय टोलीकी उपकप्तान समेत रहेकी मञ्जुलाई टोलीमा समेटेको छ ।
नेपालगन्ज रंगशालामा जारी प्रतियोगितामा एपिएफ, पुलिस, न्यु डायमण्ड, बंगलादेशसहित आयोजकको टोली र भारत देहरादुनको टोली रहेको छ । प्रतियोगिता फागुनको ७ गते सम्म चल्नेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ ।
प्रतियोगिताको पहिलो पुरस्कार शुसिल कोइराला स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ । प्रतियोगिताको समूह ए मा एपिएफ, बंगलादेश टिम र आयोजक रहेको छ । अर्को समुहमा पुलिस , न्यु डायमण्ड र देहरादुनको स्पोर्टस ट्रेनिज रहेको छन् ।
प्रतियोगिताको उद्घाटन मिस नेपाल निकिता चाण्डक, प्रतिनिधी सभा सदस्य नन्दलाल रोकाय, क्षेत्रीय खेलकुद विकास समिती अध्यक्ष भीम ओली, आयोजक बाँके जिल्ला भलिबल संघ अध्यक्ष टीएस ठकुरी, नेपाल ओलम्पिक कमिटी कोषाध्यक्ष रतन टण्डन लगायतले गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]