8 years ago
February 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र भिड्ने भएका छन् । आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई तथा पश्चिमाञ्चलले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
फाइनल खेल शनिबार हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि पुलिस र एपीएफले प्रतिस्पर्धा गर्नेछ । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले एपिएफमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै आर्मीसँगको भेट पक्का ग¥यो ।
पहिलो सेट २०–२५ ले गुमाएको पश्चिमाञ्चलले दोस्रो र तेस्रो सेट २८–२६ र २५–२३ ले आफ्नो पक्षमा पार्दै खेललाई २–१ ले आफ्नो नियान्त्रणमा राखेको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेट २४–२६ ले गुमाएपछि खेल २–२ को अवस्थामा पुगेको थियो । निर्णायक सेटमा पश्चिमाञ्चलले १८–१६ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै आर्मीसँगको भेट पक्का ग¥यो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय डर्बीमा आर्मीसँग पुलिस ३–० को सोझो सेटमा निरिह बन्यो । आर्मीले पुलिसमाथि २५–२०, २५–२१ र २५–१९ को सहज जित निकाल्यो । फागुन ६ गतेबाट शुरु भएको प्रतियोगितामा साविकको पाँच विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टिमले लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]