8 years ago
February 26, 2018
फिस्लिङ (हाम्रो खेलकुद) – सुर्जन तामाङले छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको उपाधि जितेका छन् ।
पर्वतीय खेलकुद महोत्सव अन्तर्गत त्रिशुली नदीमा जारी प्रतियोगिताको फाइनलमा नेपाल कायाक क्लबका सुर्जनले २४.४१ अंक हासिल गर्दै उपाधि जिते । कायाक क्लबकै सुमन थापा २४.६९ अंकका साथ दोस्रो तथा चितवन टिम फिस्लिङका विकास गुरुङ २४.८८ अंकका साथ तेस्रो भए । शीर्ष तीन खेलाडीहरु एसियाली खेलकुदका लागि छनोट भएका छन्।
नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा सोमबारै भएको दोस्रो र्याफ्टिङ च्याम्पियनसिपअन्तर्गत स्प्रिन्ट विधाको उपाधि प्याडल नेपाल ‘ए’ ले जित्यो । निर्धारित दूरी २ मिनेट ९.६९ सेकेण्ड समयमा पुरा गर्दै प्याडल नेपाल ‘ए’ च्याम्पियन बनेको हो । नेपाल कायाक क्लबको ‘ए’ टिम (२ मिनेट १०.८२ सेकेण्ड) दोस्रो स्थान तथा टिम फिस्लिङ ‘बी’ (२ मिनेट १०.९० सेकेण्ड)ले तेस्रो स्थान हासिल गरे । प्रतियोगिताअन्तर्गत र्याफ्टिङको हेड टु हेड, स्लालोम र डाउनफल विधाको फाइनल खेलहरु मंगलवार हुनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]