default_image

8 years ago

March 2, 2018

आर्मी र हेल्प नेपाल फाइनलमा, महिलामा न्यू डाइमन्ड र एपिएफ

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ र न्यू डायमण्ड चौथो एनएसटी एनभिए राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन् । पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आर्मी र एपिएफबीचको प्रतिस्पर्धा । विवेक सुवेदी /हाम्रो खेलकुद

न्यू डायमण्ड र एपिएफबीच लगातार चौथो प्रतियोगितामा फाइनल हुने भएको छ । ढोरपाटन डबल लिगको विजेता एपिएफले त्यसपछि न्यू डायमण्ड कप, चितवनको मेयर कप र नेपालगन्जको प्रधानमन्त्री कपमा न्यू डायमण्डसँग फाइनल खेलेको थियो । न्यू डायमण्ड कपबाहेकका दुवैमा एपिएफ विजयी भएको थियो ।

त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल शुक्रबार भएको महिलाको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२३, २१–२५, २५–१६ र २८–२६ को सेटमा हराएको थियो । पहिलो सेट मा जित हात पारेपनि दोस्रो सेटमा भने न्यू डायमण्ड पुलिससँग पराजित भएको थियो । तर त्यसपछिका सेटमा राम्रो खेल्दै न्यू डायमण्डले पुलिसलाई ३–१ ले पराजित गर्यो ।

न्यू डायमण्डका लागि उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले ३८ स्कोर गरिन् । उनले स्पाईकबाट ३५, ब्लकबाट २ र सर्भिसबाट १ अंक जोडिन् । मञ्जु गुरूङले स्पाइकबाट १७ स्कोर गरिन् । न्यू डायमण्डबाटै खेलेकी अरुणा शाहीले स्पाइकबाट ९ स्कोर गर्दा ब्लक र सर्भिसबाट समान १ स्कोर जोडिन् । पुलिसका लागि कामना विष्टले स्पाइकबाट १६ र ब्लकबाट स्कोर २ अंक जोड्दा मनिषा चौधरीले स्पाइक १५ र ब्लकबाट ३ स्कोर थपिन् ।

एपिएफले अर्को विभागिय टोली आर्मीलाई २५–१२, २५–११ र २५–१९ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईको यात्रा तय गर्यो । एपिएफलाई जित दिलाउने क्रममा सरस्वती चौधरीले स्पाइकबाट १६ , ब्लक र सर्भिसबाट समान २ स्कोर गरिन् । नेमिका चौधरीले स्पाइकबाट १३ ,ब्लक र सर्भिसबाट समान १ स्कोर गरिन् । आर्मीकी निरुता ठगुन्नाले स्पाइकबाट ११ स्कोर गरिन् ।

पुरुषतर्फको सेमिफाइनलमा हेल्प नेपालले पुलिस क्लबलाई संघर्षपूर्ण खेलमा २५–२१, १४–२५, २५–२२, २२–२५ र १५–१२ ले हरायो । हेल्प नेपालका लागि भारतीय खेलाडी ललित कुमारले स्पाइकबाट २२ र ब्लकबाट २ स्कोर गरे । त्यस्तै, प्रिन्स मल्लिकले स्पाइकबाट ११ र ब्लकबाट ७ स्कोर गरे । अमृत केसीले स्पाइकबाट ११ र ब्लकबाट १ स्कोर गरे । पुलिसका लागि कुलबहादुर थापाले स्पाइकबाट १९ स्कोर गर्दा सेटर इम रानाले स्पाइकबाट ४, ब्लक र सर्भिसबाट समान २ स्कोर जोडे ।

आर्मी र एपिएफबीचको प्रतिस्पर्धा । विवेक सुवेदी /हाम्रो खेलकुद

अर्को सेमिफाइनलमा आर्मीले एपिएफ क्लबलाई २५–१८, २५–२१ र २७–२५ को सोझो सेटमा पराजित अन्तिम दुईको यात्रा तय गर्यो । आर्मीका मानबहादुर श्रेष्ठले स्पाइकबाट १९ र ब्लकबाट १ स्कोर गरे । त्यस्तै, भैरव बमले स्पाइकबाट ९ र ब्लकबाट ४ स्कोर गरे । एपिएफका मिलन मल्लले स्पाइकबाट १२ र ब्लकबाट २ स्कोर गर्दा टेक अवस्थीले स्पाइकबाट १० स्कोर गरे ।

दुवैतर्फको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको दुवैतर्फको विजेताले १ लाख ५० हजार, दोस्रो टोलीले १ लाख र तेस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ पाउने प्रतियोगिताका उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ पाउनेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.