8 years ago
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नमुना युथ एक्टिभ ग्रुपले आयोजना गर्ने दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई मेलम्ची खानेपानी ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (ह्योसिमेस)ले मुख्य प्रायोजन गरेको छ ।
बुधवार पत्रकार सम्मेलनमा मुख्य प्रायोजन गरेबापत ८ लाखको चेक ह्योसिमेसका अध्यक्ष उपेन्द्र तामाङले ग्रुपका अध्यक्ष शिर बहादुर तामाङलाई हस्तान्तरण गरे । मेलम्ची खानेपानी ह्योसिमेस दोश्रो खुला राष्ट्रिय पुरुष भलिबलको नामबाट चैत्र २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५२ हजार २ सय २ रुपैया र दोस्रो हुने टोलीले ८२ हजार २ सय २ रुपैया र तेश्रो हुनेले ५२ हजार २ सय २ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ७ हजार र विधागत उत्कृष्टले जनही ५ हजार प्राप्त गर्नेछन् । लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा १५ टोलीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक ग्रुपका अध्यक्ष तामाङले बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]