8 years ago
March 22, 2018
अमृत चिमरिया
हेटौंडा– प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा ६ मा रहेको गौरीटार रं्गशाला अवलोकन गरेका छन् । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुप रहेको रगंशाला प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेकोले मुख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन् ।
२३ विगहा क्षेत्रफलमा रहेको प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माणको अन्तिम चरणमा रहेको छ । फुटबल रंगशाला, क्रिकेट रंगशाला सहित विभिन्न खेल स्थल निर्माण गर्ने योजनासहित ८ वर्षअघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए ।
नेपालको सरकारपछि पटक पटक सरकारले गठन भएपनि प्रतिष्ठान निर्माण अन्योलमा परेको थियो । अहिले प्रदेश सरकारले प्रतिष्ठान निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ ।
प्रतिष्ठानले मकवानपुरलाई खेल पर्यटन मार्फत सहयोग गर्ने र यो प्रतिष्ठानलाई प्रदेशको गौरबको रुपमा निर्माण गर्न आफु तयार रहेको मुख्यमन्त्री पौडेलले बताए ।
नेपालमा खेल क्षेत्रको विकासको लागि रंगशालाहरु नहुनु प्रमुख समस्याको रुपमा रहेको बेला प्रतिष्ठान निर्माणमा प्रदेश सरकारले महत्वपूर्ण चासो देखाउनु खुसीको विषय भएकोे जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले बताए ।
प्रतिष्ठान निर्माणको लागि करिब ३ अर्व लाग्ने अनुमान गरिएको छ । जहाँ फुटबल, भलिबल, क्रिकेट, मार्सलआर्ट, दौड, पौडी, ब्याडमिण्टन, टेनिस लगाएतको दुई दर्जन बढी खेलको लागि पूर्वाधार निर्माण गर्न सकिने बताइएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]