8 years ago
March 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा गणेशमान सिंह स्मृति सहकारी कप छैटौं राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ ।
ताम्राकार समाज ललितपुर र ललितपुर स्पोर्ट्स क्लबको सह–आयोजनामा ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख १४ हजार ४ सय रुपैयाँ रहेको छ । मुख्य विधा सुपर नकआउटको विजेताले १ लाख ८८ हजार ९ सय मूल्य बराबरको सालुटो यामाहा मोटरसाइकल पाउने छन् । दोश्रोले ५० हजार, तेश्रोले ३० हजार र चौथोले २५ हजार नगद पुरस्कार हात पार्नेछन् । यस्तै महिलातर्फको विजेतादेखि पाँचौ हुनेले १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार प्राप्त गर्नेछ । यू–१९, रेटिङ, वेष्ट लोकल, भेट्रानले समान ५ हजार तथा अनरेटेडतर्फ प्रथमले ७ हजार तथा दोस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् ।
स्विस लिगका आधारमा ११ चरणसम्म हुने प्रतियोगिताका खेलहरु जावलाखेलस्थित ताम्राकार समाजको भवनमा हुनेछ । चैत २७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन गर्न करिब १४ लाख ५८ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]