8 years ago
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियन्सिपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ कास्य पदक जितेको छ ।
ढाकास्थित बिकेएसपी कम्पाउन्ड भित्र भएको खेलमा मिक्सतर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै कास्य हात पारेको हो । दुवै टिमले दुईदुई सेट जितेर ४–४ अंक को बराबर गरेपछि भएको सुटअफमा नेपाल ५ – ४ ले विजयी भएको थियो । यसअघि भएको टिम एलिमिनेसन राउण्डमा नेपाल बंगलादेशसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि काश्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नु परेको हो ।
यसैबीच आजै भएको अर्को खेलमा नेपालका कम्पाउण्ड पुरुष टिमले पनि कास्य जितेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजित कुमार अग्रवाल र अभिशेक राज प्रधानको टिमले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै कास्य जितेको हो । यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपाको कम्पाउण्ड पुरुष टिम भारतसँग २०४–२२४ अंकले पराजित भएपछि तेस्रो स्थानका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।
यस्तै नेपालको रिकर्भ पुरुष टिम भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भयो । दुवै टिमले दुई दुई सेट जितेर ४–४ अंक को बराबर गरेपछि भएको सुटअफमा नेपाल ४–५ अंकले श्रीलंकासँग पराजित भएको हो । त्यसअघि भएको एलिमिनेसन राउण्डमा नेपालले बंगलादेशसँग लगातार तीन सेट गुमाउदै ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंका प्रतिद्वन्दी पाएपनि नेपालले खेल जित्न भने सकेन । नेपालको रिकर्भ पुरुष टिममा प्रेम प्रसाद पुन, तीलक पुन र मिन प्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए ।
रिकर्भ महिला टिम पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित हुन पुग्यो । नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टिम श्रीलंकासँग १–३ को सेटमा २–६ अंक ले पराजित भए । त्यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपालको रिकर्भ महिला टिम बंगलादेशसँग ०–३ सेटमा ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]