8 years ago
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा प्रथम ‘अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता’ चैत अन्तिम साता हुने भएको छ ।
ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलोपटक ‘अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता’ चैत २८ र २९ गते आयोजना गर्न लागिएको काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले जानकारी गराए ।
१८औं एशियन गेमको प्रारम्भिक चरणको खेलाडी छनोट तथा १३ औं दक्षिण एशियाली खेलको प्रथम चरणको खेलाडी छनोट समेत रहेको प्रतियोगितामा सिनियर र जुनियरमा पुरुष तर्फ ५६, ६२, ६०, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी र महिला तर्फ ४८, ५३, ५८, ६३, ६९,
७५, ९० र ९० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने छ ।
प्रतियोगितामा सिनियरतर्फका उत्कृष्ट भारोत्तोलक र स्ट्रङ्गेष्ट खेलाडी र जुनियरतर्फ उदियमान खेलाडीलाई पुरस्कृत गरिने छ । यस्तै नयाँ किर्तिमान कायम गर्ने खेलाडीहरुलाई नगद पुरस्कारबट सम्मानित गरिने समेत अध्यक्ष शाहले बताए । प्रतियोगितालाई अशोक फिटनेश ईक्विपमेण्ट, बानेश्वर र स्पेक्ट्रम मर्कन्डाईजले मुख्य प्रायोजन गर्ने भएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]