8 years ago
April 1, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले जेठमा तेस्रो पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट कास्कीलाई प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षकदेखि खेलकर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ कास्की मञ्चले पछिल्लो दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ ।
कास्की मञ्चको आइतबार बसेको २० औं बैठकले २०७५ जेठ १८ गते अवार्ड आयोजन गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा जिवन अर्पण गरेकालाई सम्मान र खेलमा नै लाग्ने प्रण गरेकालाई प्रोत्साहन स्वरुप कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।
पहिलो पटक वर्ष पपुलर प्लेयर अवार्ड समेत थप गरिने कास्की मञ्चले जनाएको छ । मञ्चले चाँडै नै सम्मानित व्यक्ति चयनका लागि छनौट समिति, अवार्ड आयोजनार्थ जिम्मेवारी बाँडफाडका लागि विभिन्न समिति गठन गर्ने भएको छ । नयाँ वर्ष शुभकामना आदानप्रदानका साथै मञ्चका साधारण सदस्य समेतको विशेष भेला गर्ने निर्णय गरिएको सचिव अधिकारीले बताए ।
अवार्डको निरन्तरतासँगै प्रायोजन तथा सहयोगी हात बढेको उल्लेख गर्दै अध्यक्ष पाठकले सहकार्यका लागि मञ्चले सबैलाई आव्हान गर्ने बताए । राजधानी बाहिर कास्कीमा यति ठूलो अवार्ड हुने भएकाले मञ्च कास्कीले सहयोगका लागि खेलप्रेमी महानुभाव तथा संघसंस्थालाई अपिल गरेको हो ।
अवार्ड आयोजनाका लागि विदेशमा रहेका खेलप्रेमीहरुले सहयोग रकम घोषणा गर्ने क्रम सुरु भएको छ । यसैबीच, मञ्चले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखराकै पहिलो पत्रकारको नाममा स्थापित जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत मञ्चका सचिव रञ्जन अधिकारीलाई बधाई समेत ज्ञापन गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]