8 years ago
April 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले अर्को महिना आयोजना गर्ने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापान प्रालीले मुख्य प्रायोजन गरेको छ । शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालीका नेपाल प्रमुख मनोजकुमार मिश्रबीच आइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बैशाख २१ देखि २५ गतेसम्म आयोजना राजधानीमा हुने राष्ट्रिय महिला भलिबलका लागि केएनपीले रकम बृद्धि गरि प्रतिष्ठानलाई ६ लाखको प्रयोजन गरेको छ । प्रतियोगिताको नाम केएनपी जापान चौथो राष्ट्रिय महिला भलिबल रहने बताइएको छ । तेश्रो संस्करणमा ५ लाखको प्रायोजन गरेको केएनपी जापान प्रालीले यो वर्ष १ लाख रुपैयाँको बृद्धि गरेको छ । त्यसबाहेक प्रतियोगिताको प्रचार प्रसारमा पनि केएनपी जापानले सहयोग गर्ने बताइएको छ ।
कार्यक्रममा केएनपी जापान प्रालीका नेपाल प्रमुख मिश्रले नेपालको राष्ट्रिय खेलको विकास र विस्तारमा संस्था जोडिन पाएकोमा गर्व महसुस भएको बताए । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,उपाध्यक्ष यमवहादुर गुरुङ,महासचिव जितेन्द्रवहादुर चन्द,शिवम् सिमेन्टका बजार प्रमुख केशव अर्याल प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्कालगायतको उपस्थिति थियो ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]