default_image

8 years ago

April 8, 2018

भीसी कप भलिबलमा २२ टोलीले प्रतिस्पर्धा गर्ने

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । आरआर स्ववियुले पत्रकार सम्मेलन गर्दै क्याम्पस प्राङगणमा चैत ३१ गते सम्म प्रतियोगिता आयोजना गर्ने गरि सबै तयारी पुरा भएको जानकारी गराएको छ ।

प्रतियोगितामा नेपालभरिका २२ क्याम्पसका टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताका सबै खेलहरु बेष्ट अफ फाइवका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरु सम्बन्धित क्याम्पसका नियमित विद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ ।

बाहिरका खेलाडी समावेश गरिएको पाइए टिमलाई अयोग्य घोषित गरिने र क्याम्पसलाई समेत कारबाही गरिने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाले प्रष्ट पारे ।

प्रतियोगितामा सहभागी टिमले आफ्नो खर्च आफैंले व्यहोनुपर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उदघाटन खेलमा सोमबार बिहान ८ बजे कैलाली बहुमुखी क्याम्पस र जया मल्टिपल क्याम्पस जोरपाटीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी टोली – सुर्खेत शिक्षा क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, पीएन क्याम्पस पोखरा, सानोठिमी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, जया मल्टिपल क्याम्पस जोरपाटी, बानेश्वर क्याम्पस, नेपाल कमर्स क्याम्पस, जनमैत्री क्याम्पस कुलेश्वर, महेन्द्र रत्न क्याम्पस ताहाचल, पाटन संयुक्त क्याम्पस, सरस्वति क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, त्रिभुवन विशवबिद्यालय कीर्तिपुर, जनप्रशासन क्याम्पस बल्खु, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, पत्रकारिता केन्द्रीय विभाग, पशुपति बहुमुखी क्याम्पस, पुल्चोक इञ्जिनियरिङ क्याम्पस र पब्लिक युथ क्याम्पस ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.