default_image

6 years ago

April 17, 2018

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ ।

सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले ५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने बताइएको छ । सम्झौता १ वर्षको रहेको कार्यक्रममा जानकारी दिइयो । अघिल्लो संस्करणमा पनि शिवम्ले ३ लाख रुपैयाँको प्रायोजन गरेको थियो । प्रतियोगिताका लागि शिवम्ले ३ लाख नगद र २ लाख रुपैयाँबाट बराबरको मञ्चलगायत अन्य व्यवस्थापनमा खर्च गर्ने बताइएको छ ।

शिवम्का प्रोजेक्ट हेड निखिल अग्रवालले खेलकुद क्षेत्रका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रायोजनलाई भविष्यमा पनि निरन्तरता दिने जानकारी दिए । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलकुदको विकासका लागि निजी क्षेत्रको आवश्यकता भएकाले शिवम् सिमेन्टले भलिबलमा लगानी गरेर राष्ट्रिय खेलको विकासमा योगदान गरेको भन्दै धन्यबाद दिए ।

त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब , एपिएफ क्लब सँगै शिवम् न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई मुख्य–प्रायोज,सह–प्रायोजन र प्रायोजकको नामबाट अवार्ड प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.