default_image

8 years ago

April 21, 2018

सेन्ट्रल जोन भलिबल : नेपालले बंगलादेशसँग खेल्दै

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको खेलहरु आजबाट शुरु हुदैछ ।

Nepal volleyball

फाइल तस्बिर

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ । खेल ढाका बंगबन्धुस्थित कवर्डहलमा ३: ४५ बजेपछि हुनेछ ।

च्याम्पियनसिपमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलीलाई पराजित गर्दै सुखद शुरुवात गर्ने अभियानमा हुनेछ ।

बंगलादेशविरुद्धको जितले सेमिफाइनल चरणको यात्रा बलियो हुने र पराजयले प्रतियोगिताबाटै बाहिरनु पर्ने अवस्थालाई बुझेको नेपाली टोलीले जित कै रणनिती बनाएको छ ।

नेपाली टोलीका कप्तान इम रानामगर बंगलादेशविरुद्धको खेल नेपालका लागि निक्कै महत्वपुर्ण रहेको बताउछन् । ‘बंगलादेशविरुद्धको खेल हाम्रा लागि निक्कै महत्वपुर्ण छ ।

पहिलो खेलमा बंगलादेशलाई पराजित गर्न सकेको अवस्थामा सेमिफाइनल यात्रा सहज हुनेछ ,’ कप्तान राना मगरले भने, ‘हामी जितसहित प्रतियोगिताको सुखद् सुरुवात गर्न चाहन्छौं ।’ उनले बंगलादेशविरुद्ध सर्भिस र रिसिभमा योजनाअनुसार राम्रो भए जित पक्का रहेको बताउँछन् ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टको प्रतिकृया पनि उस्तै छ । पछिल्लो खेलको नतिजा र खेलको स्तरलाई हेर्ने हो भने नेपाल जितको दाबेदार भएको उनी बताउछन् ।

‘बंगलादेशविरुद्ध हालै भएको दुई मैत्रीपुर्ण खेलमा हामी बिजयी भएका छौं । त्यस अघि सेन्ट्रल जोनअन्तर्गत बंगलादेशमै भएको खेलमा पनि हामीले जित हात पारेका छौं ’ प्रशिक्षक भट्टले भने, ‘हङकङ र मकाउविरुद्ध हालै भएको तीन वटा मैत्रीपुर्ण खेलमा समेत निरन्तर विजयी रहेकाले नेपाली टोलीको मनोबल पनि उच्च रहेको छ । त्यसैले प्रतियोगिताको सुखद् सुरुवात गर्नेमा म ढुक्क छु ।’

प्रशिक्षक भट्टले नेपाली टोलीको कमजोर देखिएको क्विक स्पाइक र ब्लकमा समेत बिशेष योजना बनाएको सुनाए । ‘बंगलादेशसँग घरेलु मैदानको फाइदा छ । तर, उसलाई जित्नै पर्ने दबाब पनि छ । हामी उनीहरुलाई परेको दबाबको फाइदा लिन चाहन्छौं ’ प्रशिक्षक भट्टले भने ।

मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक बर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि निक्कै महत्वपुर्ण प्रतियोगिता हो । सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागीता जनाएको हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो ।

यही प्रतियोगिताबाट दीपकराज जोशीले राष्ट्रिय टिममा डेब्यु गर्नेछन् । टिमका मुख्य खेलाडी भैरव बम घाइते भएपछि उनको स्थानमा दीपकले स्थान पाएका हुन् । नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै माल्दिभ्स रहेको छ ।

नेपाली टोली

ओपन स्पाईकरः मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, कुल बहादुर थापा,
क्वीक स्पाईकरः हरि अधिकारी, दीपकराज जोशी, सुरेन्द्र बम,
अलराउन्डरः नरेन्द्र गिरी, राजु थकाली
लिबेरोः इश्वर थापा, बिनोद चन्द
सेटरः इम रानामगर, दिनेश गिरी

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.