8 years ago
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ ।
आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा हराउदै पहिलो जित दर्ता गरेको हो । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको थियो ।
मिरपुरस्थित इन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–२१, २५–१८ र २५–१५ ले सहजै हरायो । माल्दिभ्समाथिको सहज जितसँगै नेपालले च्याम्पियनसिपमा सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अब सोमबार बंगलादेश र माल्दिभ्सबीचको खेलले नेपालको सेमिफाइनल नतिजा तय हुने छ ।
बंगलादेशसँग माल्दिभ्स पराजित भएमा नेपाल उपविजेता र बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक बर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि महत्वपुर्ण प्रतियोगिता हो ।
सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागिता जनाएको हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]