8 years ago
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का भएको छ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा भाग लिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पत्र मंगलबार प्राप्त भएसँगै इन्डोनेसियाको जाकार्तामा भदौमा हुने १८ औं एसियाडमा नेपाली भलिबल टोलीको सहभागिता निश्चित भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिए ।
‘३२ वर्षपछि हामीले एसियाडको लागि मौका पाएका छौं । यसका लागि राखेप, एनओसी र खेल छनोट समितिलाई लाई धन्यवाद दिन चाहन्छौं , उनले भने, ‘राष्ट्रिय खेल भएकोले यो सहभागिता निश्चित हुँदा सरकार भलिबलको विकास र विस्तार गर्नुपर्छ भन्ने सोचमा रहेको बुझ्न सकिन्छ ।’
अब एसियाडको तयारीमा जुट्नु पर्ने उल्लेख गर्दै महासचिव चन्दले भने, ‘सहभागिताका लागि मात्र नभइ स्तर उन्नतीलाई ध्यानमा राखेर प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । महिला टोलीको पनि सहभागिता गराउन सकिन्छ भने झनै राम्रो हुने थियो । त्यसका लागि हामी राखेप र एनओसीलाई आग्रह गर्नेछौं ।’
राखेपले खेल संख्याको टुंगो लगाइसके पनि अहिले सम्म औपचारिक जानकारी भने गराएको छैन । पछिल्लो केहि वर्षयता निकै सक्रिय रहेको भलिबलको पुरुष टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय पदक प्राप्त गरेको थियो । एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाल कास्य पदक जितेर फर्केको थियो ।
यसपटक पनि टोलीले बंगलादेशमा जारी सोही प्रतियोगितामा भाग लिइरहेको छ । आज तुर्केमिनिस्तानसँग हुने सेमिफाइनल जितेमा नेपालले कम्तीमा रजत पदक प्राप्त गर्नेछ । नेपाल सरकारले गत वर्ष नै भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]