8 years ago
April 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– न्यु डायमण्ड एकेडेमीले नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी आफ्ना मुख्य खेलाडी तथा सेटर कृपा अधिकारीलाई बिहिबार बधाई दिन र विदाई गर्न कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रम सुरु हुनुअघि देखि नै आगन्तुकले कृपालाई बधाई दिइरहेका थिए । सबै हसिला देखिन्थे । कार्यक्रम सुरु भएको केहि समयमा कृपाको बोल्ने पालो आयो । सामान्य रुपमा सबैलाई धन्यवादसहित सम्बोधन गरेपनि त्यसपछि भने उनले आफुलाई सम्हाल्न सकिनन् । उनी पोखिइन् । उनका आँसु थामिएन । बोलिरहँदा उनका आँखाबाट आँसु नै रोकिएको थिइन् ।
हुँदा हुदा उनी केहि बोल्नै नक्सने अवस्थामा पुगिन् । बोल्दा–बोल्दै आँसुसँगै बोली नफुटेपछि उनका पूर्व प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईको आँखा पनि रसाए । हजुरबा, हजुर आमा, बाबु, आमाले पनि कृपालाई नरुन सम्झाइरहेका थिए । तर पनि कृपाका आँसु थामिएनन् । अध्ययनसँगै भलिबलको ज्ञान सिकेको न्यु डायमण्ड एकेडेमीलाई उनी १२ वर्षपछि छाड्दै थिइन् ।
कृपाले सहायक सेनानी पदमा खुल्ला प्रतिस्पर्धाबाट लोक सेवाको परीक्षामार्फत गत बैशाख ९ गते नाम निकालेकी थिइन् । उनी बैशाख १९ गते सेनाको तालिममा सामेल हुन जाने तयारीमा छन् । तालिम २ वर्षसम्म भक्तपुरको खरीपाटीमा हुने उनले जानकारी दिइन् । बिस्तारै आफुलाई सम्हालेकी कृपाले नयाँ यात्राका लागि खुसीसँगै १२ वर्ष बिताएको न्यु डायमण्ड छाड्नुपर्दा दुःख लागेको बताइन् ।
‘मैले न्यु डायमण्डमै सबै कुरा सिके । छोडेर जानुपर्दा नरमाइलो त लाग्छ नै । आफ्नो भविष्य पनि हेर्नुपर्छ’ राष्ट्रिय महिला भलिबल टिमकी सेटर समेत रहेकी कृपाले भनिन्, ‘म जहाँ गएपनि न्यु डायमण्ड स्कुल र टिम सधै मेरो मन मुटुमा हुनेछ । न्यु डायमण्डलाई सधै सहयोग र सपोर्ट हुनेछ । कुमार राई सर पनि खुसी हुनुहुन्छ । म पनि खुसी छु ।’
सेनाको आन्तरिक नियम आफुले बुझ्ना बाँकी रहेको उल्लेख गर्दै कृपाले तत्काल त्रिभुवन आर्मी क्लबबाट खेल्ने योजना नबनाएको बताइन् ।एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक राईले कृपालाई मौरीको रानोको संज्ञा दिदै थप सफलताको कामना गरे ।
‘हामीले रानो गुमाएका छौं टिमलाई ठुलो असर हुनेछ । अर्के खेलाडी तयार पार्न त्यत्तिकै चुनौती हुनेछ ।’ प्रशिक्षक राईले भने, ‘हाम्रो काँधमा फेरि ठुलो जिम्मेवारी आएको छ । हामी यसलाई फेस गर्र्दै जानेछौं । इज्जतका साथ आर्मीको सेकेण्ड लेफ्टिनेन्टमा नाम निकाल्न सफल भइन् । उनलाई थप सफलताको शुभकामना ।’ यस्तै टिमकी कप्तान ललितानाथले कृपाको अभाव टिममा खड्कने बताईन् ।
कक्षा २ देखि न्यु डायमण्डमा पढ्न सुरु गरेकी कृपाले कक्षा ५ मा पुगेपछि भलिबल खेल्न थालेकी थिइन् । स्कुल आउँदा सिनियर दिदीहरुले भलिबल खेलेको देखेर रहरमै भलिबल उफार्न सुरु गरेकी उनी अहिले नेपालको नम्बर १ सेटरको रुपमा उभिसकेकी छिन् । पढाईमा समेत अब्बल रहेकी कृपा कक्षा ५ को अन्तिम परीक्षामा दोस्रो भएपछि पढाई बिग्रिएको भन्दै बाबुआमाको दबाबमा उनले भलिबल त्यागिन् ।
करिब ३ महिना जति भलिबल छाडेर अध्ययनमा केन्द्रित उनलाई भलिबलको नसाले भने छाडेन । प्रशिक्षक राईले कृपाको बाबुआमलाई पढाईसँगै खेल्दा केही नबिग्रने भन्दै सम्झाएपछि कृपा फेरि भलिबल कोर्टमै फर्किइन् । त्यसपछि उनले पढाईं र खेलमा कहिल्यै पछि पर्नुपरे । न्यु डायमण्डमा भलिबल शुरु भएको २/३ वर्षपछि डायमण्डमा आएकी कृपालाई अवसरले पर्खिरहेको जस्तो पनि देखियो ।
त्यतिबेलाका सेटर बीना मोक्तानले टिम छाडेपछि उनी नै टिमको नम्वर १ सेटर बनिन् । उनले १२ वर्षसम्म न्यु डामण्डमा रहँदा डायमण्डलाई सबै खाले घरेलु प्रतियोगिताको उपाधि जिताईसकेका छन् । यतिमात्र हैन घरेलु भलिबलमा विभागिय टोलीको दबदबा रहेको बेला तीनलाई टक्कर दिने टोलीको रुपमा डायमण्डलाई स्थापित गर्न पनि कृपाको महत्वपूर्ण भूमिका छ ।
गोरखा देउराली स्थायी घर भएपनि पुरानो नैकाप काठमाडौंमा बसोबास गर्दै आएकी कृपाले सन् २०१५ मा भएको माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय महिला भलिबल टिममा डेब्यु गरेकी थिईन् । त्यसयता कृपाले १२ औं दक्षिण एयिाली खेलकुद (साग) र २०१७ मा भएको विश्व महिला भलिबल छनोट खेलमा नेपालको प्रतिनिधित्व गरेकी थिईन् ।
राष्ट्रिय टिममा डेब्यु गरेको वर्षमै नेपालमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा भने एसइइ (तत्कालिन एसएलसी) परीक्षाको तयारी गनुपरेका कारण गुमाएकी थिइन् । १८ वर्षीय कृपाले मध्यबानेश्वरमा रहेको स्कुल अफ इनभारोमेनट साइन्स कलेजमा बीएससी अध्ययनरत छिन् ।
सहायक सेनानी पदमा नाम निकालेकी सेटर कृपालाई नेपाली राष्ट्रिय टिमको कप्तान बिनिता बुढाथोकीको विकल्पको रुपमा हेरिएको थियो । तर, कृपा दुई वर्षसम्म कहाँ हुनेछिन् त्यो भेने हेर्न बाँकी नै छ । सोही अवसरमा न्यु डायमण्डमा कृपाले लगाउने २ नम्वर जर्सी रिया कुँवरलाई हस्तान्तरण गरिएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]